जबरजस्ती विवाह, घरेलु हिंसा, यौन दुर्व्यबहार, बेचबिखन र ओसारपसारजस्ता विभिन्न कारणबाट जोखिममा रहेका बालबालिकाको उद्धार गरिएको हो।
उद्धार गरिएका बालबालिकामध्ये बालिकाको संख्या बढी रहेको पाइएको छ।
महिला तथा बालबालिकामाथि हुने हिंसा विरुद्ध काम गर्दै आएको गैरसरकारी संस्था आवाजका अनुसार उद्धार गरिएकामध्ये २४८ जना बालिका छन् भने १२८ बालकको उद्धार गरिएको छ।
आवाज संस्थाले आर्थिक वर्ष २०७५/०७६ मा जोखिमपूर्ण अवस्थामा उद्धार गरिएका बालबालिकाको तथ्याङ्क हेर्दा सबैभन्दा बढी ७२ जना बालबालिकाको उद्धार गरिएको छ।
जसमध्ये ७१ जना बालिकालाई उद्धार, यस वर्ष शारीरिक तथा मानसिक यातनामा रहेका ५६ जना बालबालिकाको उद्धार गरिएको र जसमध्ये बालिकाको सङ्ख्या ३७ जना छ।
त्यसैगरी हराएका र बेवारिसे अवस्थामा रहेका ४९, कठिन परिस्थितिमा रहेका ४५, यौन शोषण र दुर्व्यबहारमा परेका ४३ जनाको उद्धार गरिएको छ।
संस्थाको तथ्याङ्कअनुसार ३६ जना सडक बालबालिका, जोखिमपूर्ण तथा प्राकृतिक प्रकोपमा परेका १६ जना, संस्थाको तथ्याङ्कअनुसार बेचबिखन र ओसारपसारमा परेका २४, जबरजस्ती करणीमा परेका १८ जना बालबालिकाको उद्धार गरिएको छ।
यसरी जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकामध्ये ३४१ जना बालबालिकाको परिवारसँग पुनःमिलन गराइएको छ भने ३५ जना बालबालिकालाई आपतकालीन गृहमा राख्नुका साथै संस्थागत पुर्स्थापना गराइएको संस्थाका कार्यक्रम संयोजक पवित्रा शाहीले बताए।
शाहीका अनुसार कुपोषण, कक्षा छाड्ने, यौन शोषण, दुर्व्यवहार, बलात्कार, अपमानित, कुटपिटजस्ता कारणले गर्दा बालबालिका जोखिममा पर्ने गरेका छन्। उनले बाल हेल्पलाइन तथा सरोकारवाला निकायसँगको समन्वयले समस्यामा परेका बालबालिकाको उद्धार, संरक्षण, कानूनी सहयोग र पुनर्स्थापनामा सहजता भएको बताए।
त्यसैगरी विभिन्न कारणले परिवार छाडेर बेवारिसे अवस्थामा रहेका बालबालिकाको पुनर्स्थापनामा समस्या आएको छ ।
पछिल्लो समय विभिन्न कारणले गर्दा सडक बालबालिकाको संख्या बढ्दो पाइएको छ।
बढ्दो वैदेशिक रोजगारको कारण र बाबुआमाविहीन भई परिवारबाट अलग्गिएका बालबालिका सडकमा देखिएका छन्।
यस वर्ष मात्र ४१ जना सडक बालबालिकाको तथ्याङ्क सङ्कलन गरिएको शाहीले बताए। रासस
" /> जबरजस्ती विवाह, घरेलु हिंसा, यौन दुर्व्यबहार, बेचबिखन र ओसारपसारजस्ता विभिन्न कारणबाट जोखिममा रहेका बालबालिकाको उद्धार गरिएको हो।उद्धार गरिएका बालबालिकामध्ये बालिकाको संख्या बढी रहेको पाइएको छ।

">