काठमाडौं। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले विपक्षी दलहरूको बैठक डाकेको छ।
बैठक दिउँसो २ बजे सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा तय गरिएको छ।
सरकारले जारी गरेको राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी दुई अध्यादेशबारेको छलफल बैठकको मुख्य अजेण्डा रहेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले देखापढीलाई बताए।
"कोरोना महामारीको संकटविरुद्ध जुट्ने बेला सरकार मुख्य जिम्मेवारीबाट पन्सिएकोले आन्दोलनको स्वरूप तय गर्न साझा धारणा बनाउन लागेका हौं", पौडेलले भने।
हिजो, ९ वैशाखमा कांग्रेस पदाधिकारी बैठकले अध्यादेश संविधानको भावना विपरीत भएको बताउँदै फिर्ता लिन माग गरेको थियो।
त्यस्तै राप्रपा, राजपा, समाजवादीले पनि अध्यादेशको विरोध गर्दै आएका छन्।
" /> काठमाडौं। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले विपक्षी दलहरूको बैठक डाकेको छ।बैठक दिउँसो २ बजे सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा तय गरिएको छ।

">