धनगढी। सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर नेपाल (सीडीईएन) सुदूरपश्चिम प्रदेश समितिले अनलाइनमार्फत् इञ्जिनियरहरूलाई तालिम दिएको छ।
लकडाउनका कारण घर बाहिर निस्किन नसकिरहेका बेला सीडीईएनले सम्पूर्ण विधाका इञ्जिनियरहरूको प्राविधिक क्षमता अभिवृद्धि गर्न अनलाइनमार्फत् तालिम दिएको हो।
लकडाउनका समयमा इञ्जिनियरहरू घरमै बसेर थप ज्ञान हासिल गर्न सकून् भनी अनलाइनमार्फत् कक्षा सञ्चालन गरिरहेको सीडीईएन सुदूरपश्चिम प्रदेश समिति सभापति इन्जिनियर ईश्वर भट्टले जानकारी दिए।
अनलाइन कक्षाको उद्घाटन समारोहका प्रमुख अतिथि नेपाल इञ्जिनियर्स एशोसियसन सुदूरपश्चिमका कार्यकारिणी समिति सभापति इञ्जिनियर लवप्रसाद जोशीले लकडाउनका बेला इञ्जिनियरहरूले विभिन्न क्षेत्रका विज्ञबाट थप प्राविधिक शिक्षा लिन सकिने बताए।
भिडिओ कन्फ्रेन्सबाट सञ्चालन गरिएको कार्यक्रमलाई सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स नेपाल केन्द्रीय समितिको सहजीकरण र नेपाल रिसर्च एण्ड एजुकेसन नेटवर्कले सहयोग गरेको थियो। ९ चैतमा भएको पहिलो कक्षामा चिलिमे इञ्जिनियरिङ सर्भिसेस कम्पनीका डिजाइन चिफ इन्जिनियर जगदिश्वरमान श्रेष्ठले अध्यापन गराएका थिए।
" /> धनगढी। सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर नेपाल (सीडीईएन) सुदूरपश्चिम प्रदेश समितिले अनलाइनमार्फत् इञ्जिनियरहरूलाई तालिम दिएको छ।लकडाउनका कारण घर बाहिर निस्किन नसकिरहेका बेला सीडीईएनले सम्पूर्ण विधाका इञ्जिनियरहरूको प्राविधिक क्षमता अभिवृद्धि गर्न अनलाइनमार्फत् तालिम दिएको हो।

">