तिब्बतले नेपाललाई दियाे स्वास्थ्य सामग्री, ट्वीटरबाट प्रधानमन्त्रीले दिए धन्यवाद
काठमाडौं। कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि चीनले नेपाललाई विभिन्न स्वास्थ्य सामग्री दिएको छ।

आज सिन्धुपाल्चोकको तातोपानी नाकामा ती स्वास्थ्य सामग्री नेपाललाई हस्तान्तरण गरिएको नेपालस्थित चिनियाँ दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

चीनको स्वशासित क्षेत्र ती सामग्री नेपाललाई हस्तान्तरण गरेको हो। जसमा एन–९५ मास्क १० हजार थान, व्यक्तिगत सुरक्षा सामग्री १० हजार थान, इन्फ्रारेड थर्मोमिटर एक हजार थान रहेका छन्।

त्यसैगरी, दुई थान पीसीआर मेसिन, २० हजार थान टेस्टिङ किट र डिसइन्फेक्टेड औषधी ५० बक्स तिब्बतले नेपाललाई दिएको छ।

कोरोना भाइरसको संक्रमण नियन्त्रणको अभियानमा चीन र नेपाल सधैं सँगै रहेको भन्दै चिनियाँ दुतावासले आगामी दिनमा पनि यस्ता सहयोग निरन्तर राख्ने बताएको छ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको तिब्बत सरकारले उक्त सामग्री दिएकोमा धन्यवाद व्यक्त गरेका छन्। उनले आज ट्वीट गर्दै तिब्बत सरकारले दिएको स्वास्थ्य सामग्री प्राप्त भएको भन्दै उदार सहयोगको लागि धन्यवाद भनेका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्