इण्डक्सन चुलो खरिदका लागि व्यवसायीसँग छलफल गर्दै व्यापार कम्पनी
काठमाडौं। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले इण्डक्सन चुलो खरिदका लागि व्यवसायीहरूसँग छलफल अगाडि बढाएको छ।

व्यवसायीहरूसँग इण्डक्सन चुलोका प्रकार र मूल्यबारे छलफल गरेको कम्पनीका प्रमुख नरबहादुर बुढाथोकीले जानकारी दिए।

उनले व्यवसायीहरूसँगको छलफलफपछि आन्तरिक तयारी थालिएको बताउँदै भने, “काेरोना भाइरसका कारणले केही प्राविधिक समस्या उत्पन्न भएका छन्।”

बुढाथाेकीका अनुसार आन्तरिक छलफल सकेपछि टेण्डर आह्वान गरिनेछ।

यसअघि उक्त खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ६ हजार थान इण्डक्सन चुलो बिक्री गरेको थियो।

काेभिड-१९ महामारी फैलन शुरू गरेका बेला ग्यासको अभाव बढेपछि इण्डक्सन चुलोको बिक्री एकाएक बढेको थियो।

६ हजार थान चूलो सकिएपछि थप चूलो ल्याउने गरी कम्पनीले प्रक्रिया अगाडि बढाएको हो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्