भारतद्वारा २३ टन अत्यावश्यक औषधि सहयोग

काठमाडौं। भारतले नेपाललाई २३ टन अत्यावश्यक औषधि सहयोग गरेको छ।

कोभिड-१९ विरुद्ध लड्न भारतले विभिन्न १८ प्रकारका औषधिहरू उपलब्ध गराएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

नेपालस्थित भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई आज २३ टन औषधि हस्तान्तरण गरेका हुन्।

यो सामग्री चरणबद्धरूपमा उपलब्ध हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।

भारत सरकारले नेपाललाई औषधि सहयोग गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीटरमार्फत् भारतीय समकक्षी नरेन्द्र मोदीलाई धन्यवादसमेत दिएका छन्।

प्रतिक्रिया दिनुहोस्