काठमाडौं। सरकारले चालू आर्थिक वर्षको चैत महीनामा लक्ष्यको आधा पनि राजश्व संकलन गर्न सकेको छैन।
चैत महीनामा मात्रै एक खर्ब ११ अर्ब २२ करोड रूपैयाँ राजश्व संकलनको लक्ष्य अर्थ मन्त्रालयको थियो। तर, कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि ११ चैतबाटै लकडाउन भएका कारण सरकारको राजश्व संकलनको लक्ष्य प्रभावित भएको छ।
लकडाउनका कारण आयात र निर्यात दुवै प्रभावित भए। सरकारको राजश्व संकलनको मुख्य स्रोत नै वैदेशिक व्यापार हो। दैनिक उपभोग्य वस्तु र तरकारी केही मात्रामा आयात भए पनि निर्यात ठप्प जस्तै भयो। सोही कारण सरकारले आम्दानीको स्रोत पनि गुमायो।
अर्थ मन्त्रालयको तथ्यांक अनुसार चैत महीनामा कूल लक्ष्यको ४७ प्रतिशत मात्रै राजश्व संकलन भएको छ। अर्थ मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले दिएको जानकारी अनुसार चैत महीनामा ५२ अर्ब ४५ करोड ८ लाख ४१ हजार रूपैयाँ मात्रै राजश्व संकलन भएको छ।
चैत महीनामा सबैभन्दा बढी आयकर असुल भएको छ। चैतमा मात्रै २१ अर्ब ४५ करोड ३८ लाख ५६ हजार आयकर असुल भएको छ।
त्यसैगरी, मूल्य अभिवृद्धी कर (भ्याट) ८ अर्ब ७० करोड २१ लाख ३९ हजार रूपैयाँ संकलन भएको छ भने भन्सार महसुल ७ अर्ब ७६ करोड २० लाख ९५ हजार रूपैयाँ उठेको छ। अन्तःशुल्क भने ३ अर्ब ३२ करोड ३६ लाख १४ हजार रूपैयाँ मात्रै संकलन भएको अर्थ मन्त्रालयको तथ्यांक छ।
राजश्व संकलन प्रभावित हुँदा सरकारी कोष पनि कमजोर भएको छ। सरकारी कोषमा रकम जम्मा गर्नका लागि विभिन्न विकल्पमा छलफल भइरहेको अर्थ मन्त्रालयका अधिकारीहरूले बताएका छन्।
अर्थ मन्त्रालयले चैत महीनासम्ममा ७ खर्ब ९४ अर्ब ८७ करोड २३ लाख ६८ हजार रूपैयाँ राजश्व संकलनको लक्ष्य राखेको थियो। लकडाउनकै कारण राजश्व असुलीको लक्ष्य भेट्टाउन सकेको छैन।
चालू आर्थिक वर्षको नौ महीना (साउनदेखि चैतसम्म)मा अर्थ मन्त्रालयले ६ खर्ब २३ अर्ब ८ करोड १२ लाख ७९ हजार रूपैयाँ मात्रै राजश्व संकलन गर्न सकेको छ।
सरकारले स्वास्थ्य सामग्रीको आयातमा भन्सार छुट दिने व्यवस्था गरेको छ। अहिले धेरैजसो आयात भएका वस्तु स्वास्थ्य सामग्री नै हुन्।
" /> काठमाडौं। सरकारले चालू आर्थिक वर्षको चैत महीनामा लक्ष्यको आधा पनि राजश्व संकलन गर्न सकेको छैन।चैत महीनामा मात्रै एक खर्ब ११ अर्ब २२ करोड रूपैयाँ राजश्व संकलनको लक्ष्य अर्थ मन्त्रालयको थियो। तर, कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि ११ चैतबाटै लकडाउन भएका कारण सरकारको राजश्व संकलनको लक्ष्य प्रभावित भएको छ।

">