काठमाडौं। लकडाउन पूर्णरूपमा खुलेपछि मात्र माध्यमिक परीक्षा (एसईई), कक्षा ११ र १२ को परीक्षा गर्न सरोकारवाला निकायले सुझाव दिएका छन्।
परीक्षाका सम्बन्धमा छलफल गर्न राष्ट्रिय परीक्षा बोर्डले आज सरोकारवाला निकायसँग छलफल गरेको थियो। छलफलका क्रममा लकडाउन सकिएपछि मात्र परीक्षा गर्न सुझाव दिइएको निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन)का महासचिव कुमार घिमिरेले बताए।
बोर्डले गरेको छलफलमा प्याब्सन, एनप्याब्सन, शिक्षक महासंघ, हिसानलगायतका प्रतिनिधिको सहभागिता रहेको थियो। तत्काल परीक्षा गर्न सम्भव नरहेको भन्दै अन्य विकल्प सोच्न बोर्डलाई सुझाव दिइएको महासचिवले घिमिरेले बताए।
लकडाउन खुलेपनि जनजिवन सामान्य नबनेसम्म परीक्षा गर्न नसकिने सुझाव दिइएको महासचिव घिमिरेको भनाइ छ। जेठभरमा परीक्षा गर्न सकियो भने पनि शैक्षिक क्यालेण्डरमा खासै समस्या नपर्ने भन्दै केही समय अझै कुर्नुपर्ने उनी बताउँछन्।
“असारसम्म पनि गर्न सकियो भने शैक्षिक क्यालेण्डरमा त्यति धेरै परिवर्तन गर्नुपर्दैन। त्यो भन्दा पछाडि गयो भने समस्या हुन्छ” उनले भने।
तत्काल होम सेन्टरबाट पनि परीक्षा गर्न पूर्वाधारदेखि अन्य व्यवस्थापन गरेर मात्र सकिने सुझाव दिइएको उनको भनाइ छ।
लकडाउन लामो समयसम्म गयो भने विद्यालयको आन्तरिक मूल्यांकनलाई आधार मानेर पनि विद्यार्थीलाई पास गराउन सकिने अर्को विकल्प पनि बोर्डलाई दिइएको उनले बताए।
पहिला लकडाउन कति समयसम्म जान्छ भन्ने विषय नै प्रमुख भएकाले अझै १५ दिन कुर्नुपर्ने उनको भनाइ छ।
“कक्षा १ देखि ९ सम्मको परीक्षा सकिएको छ। तर, रिजल्ट निकाल्न सकिएको छैन। त्यसैले अहिले हतार गर्नुहुदैन” उनले भने।
नेपाल शिक्षक महासंघ अध्यक्ष बाबुराम थापाले अहिले विद्यालयले ल्याएको नतिजालाई नै मान्यता दिँदा उपयुक्त हुने सुभाव बोर्डलाई दिए। परीक्षा नै गर्ने हो भने स्थिति सामान्य भएपछि छिटो नजिता निकाल्ने गरी गर्नुपर्ने उनको भनाइ छ।
बोर्डले अन्य देशमा पनि परीक्षा प्रणालीका विषयमा अध्ययन गरिरहेको भन्दै नेपालकै परिवेश अनुसार सुहाउँदै हुनेगरी निर्णय गरिने बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलले बताए।
विश्वका अन्य देशमा अनलाइनमार्फत् पनि परीक्षा लिइरहेको भन्दै नेपालमा त्यो किसिमको पूर्वाधार नभएकाले सम्भव नहुने पौडेलले सरोकारवाला निकायलाई जानकारी गराएका थिए।
६ चैत २०७६ बाट हुने भनिएको एसईई कोभिड-१९ का कारण स्थगित भएको थियो भने ८ वैशाखबाट हुने भनिएको कक्षा १२ को र २१ वैशाखबाट तय हुने भनिएको कक्षा ११ को परीक्षा पनि स्थगित भएको छ।
परीक्षालाई कसरी सञ्चालन गराउने भन्ने विषयमा बोर्डले सरोकारवाला निकायसँग छलफल गर्नुका साथै विश्वका अन्य देशमा भइरहेको प्रणालीका विषयमा अध्ययन थालेको छ।
" /> काठमाडौं। लकडाउन पूर्णरूपमा खुलेपछि मात्र माध्यमिक परीक्षा (एसईई), कक्षा ११ र १२ को परीक्षा गर्न सरोकारवाला निकायले सुझाव दिएका छन्।परीक्षाका सम्बन्धमा छलफल गर्न राष्ट्रिय परीक्षा बोर्डले आज सरोकारवाला निकायसँग छलफल गरेको थियो। छलफलका क्रममा लकडाउन सकिएपछि मात्र परीक्षा गर्न सुझाव दिइएको निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन)का महासचिव कुमार घिमिरेले बताए।

">