काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले आज शहीद स्मारक ‘ए’ डिभिजन लिगको क्लबहरूबाट खेल्ने विदेशी खेलाडीलाई दैनिक उपभोग्य सामग्री वितरण गरेको छ।
एन्फाले ‘ए’ डिभिजन लिगको विभिन्न क्लबबाट खेल्ने २८ विदेशी खेलाडी तथा प्रशिक्षकलाई दैनिक उपभोग्य समग्री वितरण गरेको हो।
‘ए’ डिभिजन लिगका १४ क्लबमध्ये तीन विभागीय टीम त्रिभुवन आर्मी, नेपाल पुलिस र शसत्र प्रहरी क्लब (एपीएफ) बाहेक प्राय: सबै क्लबमा विदेशी खेलाडी अनुबन्धित् छन्।
कोभिड-१९ महामारीका कारण ४ चैतबाट नेपालमा कुनै पनि फुटबल गतिविधि भएका छैनन्।
सरकारको निर्देशनअनुसार एन्फाले सचिवालयसमेत बन्द रहने गरी सबै गतिविधि स्थगित गरेको थियो। जसका कारण शहीद स्मारक ‘बी’ डिभिजन लिग बीचमै स्थगित गर्नु परेको थियो।
महामारीको असरका कारण आगामी वर्षको लिग प्रभावित हुने सम्भावना बढ्दै गएको छ। स्थगित भएका मोफसलका नकआउट प्रतियोगिता भने यो वर्ष नहुने भएका छन्।
एन्फाले यसअघि पनि कोभिड-१९ महामारीविरुद्ध लड्न ललितपुर महानगरपालिकालाई दुईवटा एम्बेलेन्स उपलब्ध गराएको थियो।
त्यस्तै सातदोबाटोस्थित् एन्फा मुख्यालयमा रहेको होस्टेलमा क्वारेन्टाइन राख्नका लागि महानगरपालिकाले निरीक्षण गरिसकेको छ।
त्यस्तै प्रदेश २ रौतहटस्थित् महिला एकेडेमीलाई भने क्वारेनटाइनका रूपमा प्रयोग गरिसकिएको छ।
" /> काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले आज शहीद स्मारक ‘ए’ डिभिजन लिगको क्लबहरूबाट खेल्ने विदेशी खेलाडीलाई दैनिक उपभोग्य सामग्री वितरण गरेको छ।एन्फाले ‘ए’ डिभिजन लिगको विभिन्न क्लबबाट खेल्ने २८ विदेशी खेलाडी तथा प्रशिक्षकलाई दैनिक उपभोग्य समग्री वितरण गरेको हो।

">