पोखरा। पोखरा महानगरपालिकाले नियमित डायलासिस गर्नुपर्ने मिर्गाैलामा समस्या भएका बिरामीका लागि अस्पतालसम्म जान निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ।
कोभिड–१९ को संक्रमण न्यूनीकरणका लागि जारी लकडाउनकाे अवधिमा डायलासिसका लागि अस्पताल पुग्नुपर्ने कमजोर आर्थिक अवस्थाका बिरामीका लागि महानगरले आजदेखि एम्बुलेन्सको प्रबन्ध गरेको जनाएको छ।
लकडाउनका कारण अन्य सार्वजनिक सवारीसाधन सञ्चालन नभएका अवस्थामा आर्थिक अवस्था कमजोर भएका तथा विपन्न अवस्थाका बिरामीलाई अस्पताल पुगेर डायलासिस सेवा लिन असुविधा नहोस् भनेर सो सुविधा प्रदान गरिएको महानगर प्रमुख मानबहादुर जिसीले बताए।
एम्बुलेन्स चालकले लगबुक भरेर महानगरपालिकामा पेश गरेपश्चात् नियमानुसार तोकिएको भाडा रकम महानगरबाट भुक्तानी हुने व्यवस्था मिलाइएको महानगरले जनाएको छ। महानगरका ३३ वटै वडाका जनप्रतिनिधि, टोल विकास संस्था, महिला स्वास्थ्य स्वयंसेविकालाई डायलासिस गरिरहेका बिरामीलाई अस्पताल लैजाने कार्यमा समन्वय गर्नसमेत आग्रह गरेको छ।
कोभिड–१९ को अहिलेको अवस्थामा महानगरभित्र स्थान हेरी न्यूनतम ५०० रूपैयाँदेखि अधिकतम एक हजार रूपैयाँसम्म एम्बुलेन्सको एकतर्फी भाडा निर्धारण गरिएको महानगर स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा पौडेलले जानकारी दिए।
कास्कीका अन्य स्थानीय तहले पनि जारी लकडाउनमा समस्यामा परेका बिरामीलाई निःशुल्करुपमा अस्पतालसम्म पुर्याउने व्यवस्था गरेका छन् भने नियमित औषधि सेवन गर्नेलाई घरमै औषधि पुर्याउँदै आएका छन्। रासस
" /> पोखरा। पोखरा महानगरपालिकाले नियमित डायलासिस गर्नुपर्ने मिर्गाैलामा समस्या भएका बिरामीका लागि अस्पतालसम्म जान निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ।कोभिड–१९ को संक्रमण न्यूनीकरणका लागि जारी लकडाउनकाे अवधिमा डायलासिसका लागि अस्पताल पुग्नुपर्ने कमजोर आर्थिक अवस्थाका बिरामीका लागि महानगरले आजदेखि एम्बुलेन्सको प्रबन्ध गरेको जनाएको छ।

">