काठमाडौं। दुई दिनअघि अध्यादेशमार्फत् फेरबदल गरिएको राजनीतिक दल विभाजनसम्बन्धी कानूनी व्यवस्थाको उपयोग गर्दै समाजवादी पार्टीका सांसदहरूले पार्टी विभाजन गर्ने तयारी अघि बढाएका छन्।

त्यसक्रममा सो पार्टीका नेतृत्वसँग असन्तुष्ट सांसदहरूको काठमाडौंमा भेलासमेत भएको छ।

उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीका उपाध्यक्ष रेणुकुमारी यादव र सचिव मोहम्मद इस्तियाक राईले नेतृत्व गरेको समूहले छुट्टै पार्टी खोल्ने तयारी गरेको उच्चस्रोतले देखापढीलाई बतायो।

उपाध्यक्ष यादव लामो समयदेखि पार्टी अध्यक्ष उपेन्द्र यादवसँग असन्तुष्ट रहँदै आएकी छन्। पार्टीको प्रदेश २ अधिवेशनमा प्रदेश अध्यक्षमा प्रत्यासी रहेकी यादव विजय यादवसँग पराजित भएपछि आफूलाई नेतृत्वले हराएको भन्दै असन्तुष्ट रहँदै आएकी थिइन्। यो असन्तुष्टि कतिसम्म थियो भने उपेन्द्र यादव करीब दुई वर्ष उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री हुँदा एकपल्ट पनि मन्त्रालयमा गएकी थिइनन्।

यादव र पूर्व शहरी विकासमन्त्री इस्तियाक राईसँगै पर्साबाट निर्वाचित सांसद प्रदीप यादव, पर्साकै विमल श्रीवास्तव, जनकपुरका उमाशंकर अरगरिया, कैलालीकी कलुदेवी विश्वकर्मा र झापाकी रेणुका गुरूंग नयाँ पार्टीमा जानेगरी तयारी भएको स्रोतले बतायो।

उनीहरू सबैजना अहिले काठमाडौंमा रहेको र आज पनि भेला गरेर छलफल गरेको स्रोतले बतायो।

प्रतिनिधि सभामा समाजवादी पार्टीका १७ सांसद रहेकोमा हरिनारायण रौनियार निलम्बनमा परेपछि १६ जना छन्। राष्ट्रिय सभामा एकजनासमेत जोड्दा संघीय संसदमा समाजवादीका १७ सांसद छन्। यसमध्ये पार्टी विभाजनका लागि ४० प्रतिशत पुर्याउन ७ जना सांसद आवश्यक पर्छ। यो समुहमा ८ जना पुगिसकेको र रूही नाज पनि त्यसमा समेटिन सक्ने यो समूहका एक सांसदले बताए।

फुट टार्न राजपा र समाजवादी एकीकरण घोषणा गरिँदै

मधेशकेन्द्रित अर्को दल राष्ट्रिय जनता पार्टी पनि फुटको संघारमा रहेको नेताहरूले बताउँदै आएका छन्। अध्यक्षमण्डलका ६ जना नेतामध्ये राजकिशोर यादव र अनिल झाले त्यसको नेतृत्व गरिरहेका छन्।

समाजवादी पार्टी र राजपा दुवै लामो समयदेखि एकीकरणको प्रयासमा रहेका छन्। दुवै पार्टीमा फूटको खतरा देखिएपछि दुवैको नेतृत्व हतारहतार एकता घोषणा गर्ने तयारीमा पनि लागेका छन्।

दुवै पार्टीको उच्चस्रोतले देखापढीलाई दिएको जानकारी अनुसार समाजवादी पार्टी र राजपाबीच सम्भवतः भोलि नै एकताबारे सैद्धान्तिक सहमति भएको घोषणा हुनेछ। राजपाका एक नेताले १० वैशाख राति देखापढीसँग भने, “अहिले राति पनि राजपा र समाजवादी पार्टीबीच छलफल जारी छ।”

९ वैशाखमा राजपा केन्द्रीय कार्यालय बबरमहलमा ६ अध्यक्षबीच छलफल भएको थियो। अध्यादेश जारी भएपछि समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग गम्भीररूपमा छलफल अघि बढाइएको छ।

यी दुवै पार्टीबीच महन्थ ठाकुरलाई पहिलो वरीयतामा, बाबुराम भट्टराईलाई दोस्रो, तेस्रोमा उपेन्द्र यादव र चौथो वरीयतामा राजेन्द्र महतोलाई राख्ने समझदारी भएको बताइन्छ। बाँकी पदाधिकारीलाई निर्देशक समितिमा राख्ने गरी सहमति हुन लागेको राजपा उच्च स्रोतले बतायो।

राजपाका एकजना उपाध्यक्षले भने, “दुवै पार्टीलाई फुटबाट बचाउन एकीकरण घोषणा जरूरी भइसकेको छ, एकीकरण घोषणा भएपछि संसदीय दलमा वा केन्द्रीय समितिमा ४० प्रतिशत संख्या पुर्‍याउन अप्ठेरो पनि हुनेछ। त्यसैले जतिसक्दो चाँडो एकीकरण घोषणा गर्ने कुरा छ ।”

समाजवादी पार्टीकी उपाध्यक्ष रेणुकुमारी यादवले देखापढीले यसबारे राखेको जिज्ञासामा भनिन्, “पार्टीभित्र असन्तुष्टिहरू छन्, तर अहिल्यै यसबारे नभनौं।” उनले प्रष्ट बोल्न नचाहे भने पनि सांसदहरूको हस्ताक्षर नै शुरू भइसकेको जानकारी स्रोतले दिएको छ।

" /> काठमाडौं। दुई दिनअघि अध्यादेशमार्फत् फेरबदल गरिएको राजनीतिक दल विभाजनसम्बन्धी कानूनी व्यवस्थाको उपयोग गर्दै समाजवादी पार्टीका सांसदहरूले पार्टी विभाजन गर्ने तयारी अघि बढाएका छन्।

"> रेणु यादवको नेतृत्वमा समाजवादी पार्टी विभाजनको तयारी, असन्तुष्ट समूहको काठमाडौंमा भेला: Dekhapadhi
रेणु यादवको नेतृत्वमा समाजवादी पार्टी विभाजनको तयारी, असन्तुष्ट समूहको काठमाडौंमा भेला

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्