काठमाडौं। धेरैलाई थाहा छ, पार्टी एकता हुनुअघि तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल एकअर्काका कटु आलोचक थिए।
सार्वजनिक कार्यक्रम होस् या संसद्, टेलिभिजन अन्तर्वार्ता होस् या पत्रपत्रिकालाई दिने अन्तर्वार्ता जहाँ दुबैले एकअर्कालाई लक्षित गरेर अनेक व्यंग्य र कटाक्ष गरेकै हुन्थे।
यो सबै हेरिरहेका आम नागरिकमात्र होइन स्वयं दुवै दलका नेता/कार्यकर्ता पनि दुई पार्टीको एकता हुने भयो भन्दा ‘लौ हो र ?’ भन्दै अचम्मित भएका थिए।
१७ असोज २०७४ मा पार्टी एकता गर्ने लक्ष्यसहित चुनावी तालमेलको घोषणा गरियो। विपक्षी कांग्रेसलगायत धेरैले ‘एकता हुँदैन, चुनावमा भोट बटुल्ने अस्त्र हो’ भने, दुई पार्टीको तालमेललाई। एमाले र माओवादी कार्यकर्ता पनि विश्वस्त हुन सकेका थिएनन्। उनीहरूको मनमा प्रश्न थियो– साँच्चै एकता हुन्छ त ?
तर, अनेक अप्ठ्यारा र जटिलताका बीच दुई अध्यक्षले ‘सरप्राइज’ दिइरहे। र, सरप्राइजकै शैलीमा ३ जेठ २०७५ मा तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भयो। दुई अध्यक्ष रहने सहमति, जनताको जनवाद कार्यदिशा, पार्टी सञ्चालनका लागि नौ सदस्यीय सचिवालय रहने लगायतका समझदारीसहित एकता भयो।
एकताको झण्डै दुई वर्ष पुग्न लाग्दा नेकपामा अनेक घटनाक्रम पटाक्षेप भइरहेका छन्। पूर्वएमाले र पूर्वमाओवादी समूहका रूपमा गतिविधि पनि देखिन्छन्, बेला बेला। यो बीचमा अनेक जटिलताहरू देखापरे।
पछिल्ला दुई वर्ष दुई अध्यक्षबीच ‘लभ एण्ड हेट’कै सम्बन्ध चलिरहेको विकसित घटनाक्रमले देखाउँछन्। र, दुवै अध्यक्ष एकअर्काप्रति अझै पूर्णरूपमा विश्वस्त भइसकेका छैनन् भन्ने देखिन्छ। पार्टी एकताका काम लगभग अन्तिम चरणमा पुगेका बेला फेरि दुई अध्यक्षको सम्बन्ध चिसिएको संकेत देखा परेका छन्। र, ८ वैशाखमा दल विभाजनका लागि केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत सदस्य भए पुग्नेगरी सरकारले ल्याएको अध्यादेशबाट दाहाल झस्किएका छन्। नेकपा तरंगित बनेको छ।
नेकपा स्थापना दिवसका अवसरमा यो वर्ष अध्यक्ष एवं प्रधानमन्त्री ओलीले जारी गरेको भिडिओ सन्देश
नेकपामा खासगरी दाहालसँग अध्यक्ष ओलीको विश्वासको संकट निम्त्याउने घटनामध्ये भेनेजुयला घटनामा अध्यक्ष दाहालले अमेरिकाविरुद्ध विज्ञप्ति जारी गर्नु, वामदेवलाई संसद् छिराउन काठमाडौं–७ बाट निर्वाचित रामवीर मानन्धरलाई राजीनामाका लागि तयार पार्नु, त्यो सफल नभएपछि संविधान संशोधन गरेर राष्ट्रिय सभामा लैजाने मिहिनेत गर्नु र पटकपटक ओलीइतरका सचिवालय सदस्यहरूको ‘मोर्चाबन्दी’ गर्नुलाई लिइएको छ।
अध्यक्ष दाहाल पनि प्रधानमन्त्री समेत रहेका ओलीसँग विभिन्न घटनाक्रममा तर्किएका छन्। खासगरी, सरकारले गर्ने निर्णयमा आफूसँग सल्लाह र छलफल नगर्ने, राजनीतिक नियुक्तमा परामर्श नगर्ने जस्ता दाहालका गुनासा छन्। हालै चीनका लागि नेपाली राजदूत लिलामणि पौड्याललाई फिर्ता बोलाएकोमा समेत दाहाल असन्तुष्ट रहेको बताइन्छ। पौड्याललाई दाहाल प्रधानमन्त्री हुँदा चीनका लागि राजदूत नियुक्त गरिएको थियो।
नेकपाका धेरै कार्यकर्तालाई अझैँ पनि ताजै सम्झना छ, अघिल्लो वर्ष नेकपा स्थापना दिवसका दिन दुई अध्यक्षले संयुक्त भिडिओ सन्देश दिएका थिए। एउटै भिडिओ सन्देशमा दुवै अध्यक्षले वाक्यपिच्छे बोल्थे।
जस्तोः अध्यक्ष ओलीले ‘आदरणीय दाजुभाई तथा दिदीबहिनीहरू’ भनेपछि अध्यक्ष दाहालले ‘आज अप्रिल २२’ भनेका थिए। त्यसपछि ओलीले ‘नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको दिन, मुलुकलाई संविधान दिने, सम्वृद्धिको आधार तयार गर्ने पार्टी स्थापना भएको दिन’ भन्दा दाहालले ‘आजको दिनबाट नेपाल कम्युनिष्ट पार्टीले ७० वर्ष पूरा गरेको छ’ भनेका थिए। यसरी वाक्यपिच्छे दुई अध्यक्षले ‘ताल’ मिलाएका थिए।
तर, आज नेकपाको ७१ औं स्थापना दिवसको दिन संयुक्त भिडिओ त के संयुक्त विज्ञप्ति पनि आएन। दुवै अध्यक्षले छुट्टाछुट्टै वक्तव्य जारी गरे। अध्यक्ष ओलीले एक्लै भिडिओ सन्देश जारी गरे।
नेकपा स्थापना दिवसका अवसरमा अघिल्लो वर्ष (२०७६ मा) दुई अध्यक्षले जारी गरेको संयुक्त भिडिओ सन्देश
संयुक्त भिडिओ सन्देश कोरोना भाइरस संक्रमण जोखिमका कारण दूरी कायम गर्नुपरेका कारण नआएको तर्क पनि गर्न सकिएला। तर, संयुक्त भिडिओ निर्माणका लागि सँगै उभिनुपर्छ भन्ने पनि छैन। कोरोनाका कारण दूरी कायम गरेको भन्दा पनि दुई अध्यक्षबीचको दूरी नै यसको कारक हुन सक्ने नेकपाका एक केन्द्रीय सदस्य बताउँछन्।
यसले पार्टी एकता हुँदा जुन उत्साह र जोश थियो, त्यसलाई स्वाट्टै घटाइदिएको उनको बुझाइ छ। मूल नेतृत्वमा विश्वासको संकट हुँदा पार्टी एकता ‘प्राविधिक’ बनेको उनको तर्क छ। कार्यकर्ता तहसम्म भावनात्मक एकता हुन बाँकी रहेका बेला दुई अध्यक्षबीच देखिने तिक्तताले पार्टीको भविष्य नै अन्योल पर्ने उनको चिन्ता छ।
पूर्वमाओवादी समूहका एक नेताका अनुसार प्रधानमन्त्री ओलीले अझै पनि ‘माओवादी’लाई स्वीकार्न सकेका छैनन्। पार्टी एकता हुँदा पनि उनमा पूरानै ‘ह्याङओभर’ बाँकी रहेको उनको आरोप छ। अझै पनि अध्यक्ष दाहाललाई ओलीले शंकाको नजरले हेर्दा बेलाबेला समस्या देखिने गरेको उनी बताउँछन्। अविश्वास र संशयका कारण लाखौँ कार्यकर्ताको भावनामा ठेस पुग्ने काम दुवै अध्यक्षले गर्न नहुने उनको मत छ।
यता, प्रधानमन्त्री ओलीनिटक एक नेताले अध्यक्ष दाहालले अझैँ विश्वासयोग्य वातावरण नबनाएको आरोप लगाए। दाहाल अस्थिर स्वभावका र अलि बढी नै शंकालु भएको उनको आरोप छ। कतिपय कुरा बैठकमा राख्न नसक्ने तर, बाहिर भन्ने स्वभावका कारण दाहाल आफैं अप्ठेरोमा परेको उनको तर्क छ।
कोरोना भाइरस संक्रमण फैलिन नदिन सरकारले देश लकडाउन गरेको छ। त्यही लकडाउनका कारण नेकपाले अघिल्लो वर्षजस्तो स्थापना दिवसमा कुनै औपचारिक कार्यक्रम गरेन। तर, पार्टी स्थापना दिवसको अवसरमा दुई अध्यक्षले आज संघीय संसदमा प्रतिनिधित्व गर्ने आफ्नो पार्टी सांसदहरूलाई प्रदेशगत रूपमा बालुवाटारमा सम्बोधन गरे। सरकारले हालै ल्याएको अध्यादेश, पार्टी एकताका बाँकी काम र कोरोना भाइरसविरुद्ध लड्न गरिएका/गर्नुपर्ने कामबारे ‘ब्रिफिङ’ गरियो।
यही मेलोमा स्थापना दिवसका दिन दुवै अध्यक्ष एक ठाउँ जम्मा भए। आशंका र तिक्तता मेटाउन खोजेको जस्तो देखियो। तर, दुई अध्यक्षबीचको सम्बन्धमा साँच्चै हार्दिकता छ ? घटनाक्रमले बताउँदै जानेछन्।
दुई पार्टीबीच एकता भएको आउँदो ३ जेठमा दुई वर्ष पुग्दैछ। जुन समय आउन अब एक महीना पनि बाँकी छैन। तर, दुई अध्यक्षबीच फागुनदेखि बढेको चिसोपन अध्यादेशले उत्कर्षमा पुर्याएको अड्कलबाजी बीच कुनै ‘सरप्राइज’ देलान् ?
" /> काठमाडौं। धेरैलाई थाहा छ, पार्टी एकता हुनुअघि तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल एकअर्काका कटु आलोचक थिए।सार्वजनिक कार्यक्रम होस् या संसद्, टेलिभिजन अन्तर्वार्ता होस् या पत्रपत्रिकालाई दिने अन्तर्वार्ता जहाँ दुबैले एकअर्कालाई लक्षित गरेर अनेक व्यंग्य र कटाक्ष गरेकै हुन्थे।

">