लकडाउनमा आमा भेट्न नेपाल टेलिकमले ल्यायो यी अफर
काठमाडौं। लकडाउनका बीचमा आज परेको मातातीर्थ औंसीमा विगतका वर्षमा जस्तो आमाको मुख हेर्न भेटघाटमै जान त असम्भव नै छ।

तर, प्रविधिका कारण मोबाइल र कम्प्युटरबाटै भेटघाट भने सजिलो बनाइदिएको छ।

नेपाल टेलिकमले यस वर्षको आमाको मुख हेर्ने पर्व सामाजिक दूरी कायम गरी मनाउन आग्रह गरेको छ।

आमा भेट्न नसक्नेका लागि आफ्नो नेटवर्कभित्रका नम्बरहरूमा भ्वाइस, डाटा र एसएमएसको माध्यमबाट मन खोलेर कुरा गरी आमालाई खुशी पार्न सकिने टेलिकमले जनाएको छ।

त्यसका लागि  प्याक खरिद गर्न *१४१५*८*१# डायल गर्नुपर्नेछ।

त्यसबाट भ्वाइस, डाटा र एसएमएसको एक घण्टासम्म अनलिमिटेड सुविधा लिन सकिने छ। डाटाबाट एकघण्टासम्म भिडिओ कन्फ्रेन्स गर्न सकिनेछ। यसका लागि २० रूपैयाँ मात्र शुल्क लाग्नेछ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्