काठमाडौं। २०६२/६३ को १९ दिने जनआन्दोलनको बलमा लोकतन्त्र स्थापना भएको दिनको सम्झनामा आज १४ औँ लोकतन्त्र दिवस मनाइँदैछ ।
कोभिड-१९ को त्रासले देशभर जारी लकडाउनकाबीच औपचारिक कार्यक्रम हुन नसके पनि ११ वैशाख २०६३ मा जनआन्दोलनको शक्तिका कारण संसद पुनर्स्थापना भएर नागरिकले अधिकार प्राप्त गरेको हुनाले यो दिवसको महत्व छ ।
१८ असोज २०५९ मा जननिर्वाचित प्रधानमन्त्रीलाई तत्कालीन राजा ज्ञानेन्द्रले अपदस्थ गरी आफूखुशी कार्यकारी प्रमुख तोकेका थिए। १९ माघ २०६१ मा मन्त्रिपरिषद्को अध्यक्षसमेत उनी नै बनेपछि राजतन्त्रप्रति वितृष्णा बढ्दै गयो।
तत्कालीन आन्दोलनरत् सात दल र सशस्त्र युद्ध गरिरहेको नेकपा माओवादीबीच १२ मंसीर २०६२ मा समझदारी भएपछि जनआन्दोलनको वातावरण बनेको थियो ।
लोकतन्त्र स्थापना भएपछि ४ जेठ २०६३ मा गते बसेको प्रतिनिधिसभाको बैठकले राजतन्त्र निलम्बनसहित महत्वपूर्ण ऐतिहासिक घोषणा गरेको थियो ।
यही घोषणाबमोजिम पहिलोपटक २८ चैत २०६४ मा पहिलो संविधानसभाको निर्वाचन भयो । रासस
" /> काठमाडौं। २०६२/६३ को १९ दिने जनआन्दोलनको बलमा लोकतन्त्र स्थापना भएको दिनको सम्झनामा आज १४ औँ लोकतन्त्र दिवस मनाइँदैछ ।कोभिड-१९ को त्रासले देशभर जारी लकडाउनकाबीच औपचारिक कार्यक्रम हुन नसके पनि ११ वैशाख २०६३ मा जनआन्दोलनको शक्तिका कारण संसद पुनर्स्थापना भएर नागरिकले अधिकार प्राप्त गरेको हुनाले यो दिवसको महत्व छ ।

">