ग्रिनकार्डमा प्रतिबन्ध लगाउने आदेशमा टम्पको हस्ताक्षर <p>वासिङ्टन। अमेरिकी राष्&zwj;ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो मुलुकमा स्थायी बसोबासका लागि अन्य मुलुकका नागरिकलाई वितरण गरिने ग्रिनकार्डको आवेदनमा ६० दिनका लागि प्रतिबन्ध लगाउने आदेशमा हस्ताक्षर गरेका छन्।</p> <p>आदेशको सीमा अझ बढ्न सक्ने उनले कोभिड-१९ बारे नियमित प्रेस ब्रिफिङमा बताए। आफ्नो ब्रिफिङमा उपस्थित हुनुअघि आदेशमा हस्ताक्षर गरेको उनको भनाइ थियो।</p> <p>उक्त आदेशका कारण बेरोजगार अमेरिकालाई रोजगारी उपलब्ध गराउन सहज हुने उनको दाबी थियो।</p> <p>तर, अमेरिका जान चाहने स्वास्थ्यकर्मी, विदेशी लगानीकर्ता, अमेरिकी सेवा सदस्यहरू, विशेष प्रवासी भिसाधारी मानिस, देशहितका लागि आउन जरुरी भएका व्यक्तित्व तथा ती सबैका साझेदार र २१ वर्षभन्दा कम उमेरका सन्तानका लागि भने उक्त आदेश लागू नहुने भएको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्