न्युयोर्कमा दुई बिरालामा कोभिड-१९ पोजिटिभ

न्युर्योक । अमेरिकाको न्युयोर्कमा दुई वटा बिरालामा कोभिड-१९ पोजिटिभ पाइएको छ ।

अमेरिकी कृषि मन्त्रालय र सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले बताएअनुसार मानिसमा मात्र देखिने बताइएको कोरोना भाइरसको संक्रमण घरपालुवा जनावरमा पनि देखिन थालेको हो ।

वासिङ्टन पोस्टका अनुसार दुवै बिराला न्युयोर्कका अलग क्षेत्रका हुन् । दुवैमा सामान्य प्रकारको श्वासप्रश्वासको समस्या देखिएपछि कोभिड-१९ को परीक्षण गरिएको थियो ।

तीमध्ये एउटा बिरालोलाई कोभिड-१९ पोजिटिभ देखिएका व्यक्तिले पालेका छन् । उनको परिवारका सदस्यलाई भने कोरोना भाइरसको संक्रमण देखिएको छैन ।

दुई साताअघि न्युयोर्ककै ‘ब्रोंक्स’ नामक चिडियाखानामा एक बाघमा पनि कोरोना भाइरसको संक्रमण पाइएको थियो । त्यसलगत्तै चिडियाखानाका जनावरमा गरिएको परीक्षणमा थप तीनवटा बाघमा पनि संक्रमण फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस्