आज साढे १० बजे प्रदेश २, ३ बजे गण्डकी प्रदेश, साढे ४ बजे प्रदेश ५ र ६ बजे कर्णाली प्रदेशका सांसदहरूलाई ब्रिफिङ गर्ने गरी तय भएको थापाले जानकारी दिएका छन्।
प्रदेशगत् रुपमा अध्यादेशबारे जानकारी दिने उद्देश्यले हिजो, १० वैशाख बिहानदेखि नेकपाका सांसदहरुलाई खबर गरी बोलाएर बालुवाटारमा ब्रिफिङ थालिएको हो।
हालै जारी राजनीतिक दलसम्बन्धी ऐन र संवैधानिक परिषदसम्बन्धी ऐनलाई संशोधन गर्ने अध्यादेशलाई लिएर नेकपाभित्र आएको तरंगलाई सम्बोधन गर्न ब्रिफिङ आयोजना गरिएको नेकपा स्रोतले बतायो।
ओली-दाहाल 'वान अन वान' छलफल गर्दै
आज सांसदहरूसँगको छलफलअघि अध्यक्षद्वय प्रधानमन्त्री ओली र दाहाल 'वान अन वान' छलफल गर्दैछन्।
दुई अध्यक्षबीच अध्यादेशका कारण पार्टी र समग्र राजनीतिक वृत्तमा ल्याएको तरंग र कोभिड-१९ विरुद्ध भइरहेका काम अबको रणनीतिमा छलफल हुने बताइएको छ।
"उहाँहरूबीच भेटघाटको समय चाहिँ टुंगो लागेको छैन। एउटै पार्टीका अध्यक्षबीच भेटघाट हुनु त नौलो कुरा नै भएन नी", सल्लाहकार थापाले भने।
दुई पार्टीबीच एकता भएको आउँदो ३ जेठमा दुई वर्ष पुग्दैछ।
पछिल्लो समय दुई अध्यक्षबीच चिसोपन अध्यादेशले उत्कर्षमा पुर्याएको अड्कलबाजी बीच भेटघाट, बैठक आयोजना गरेर आशंका र तिक्तता मेटाउन खोजेको सन्देश दिन खोजिएको अड्कलबाजी भइरहेका छन्।
हिजो प्रदेश सांसदहरूलाई ब्रिफिङको क्रममा पनि अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीकै कुरामा समर्थन जनाउँदै 'उहाँले भन्ने कुरा मेरो पनि त्यही नै हो' भन्दै आफ्नो काम परेको भनेर बाहिर निस्किएको सहभागी एक सांसदले बताएका छन्।
" />आज साढे १० बजे प्रदेश २, ३ बजे गण्डकी प्रदेश, साढे ४ बजे प्रदेश ५ र ६ बजे कर्णाली प्रदेशका सांसदहरूलाई ब्रिफिङ गर्ने गरी तय भएको थापाले जानकारी दिएका छन्।

">