नयाँ दल दर्ताका लागि निर्वाचन आयोग पुगे राजपा र समाजवादीका नेताहरू

काठमाडौं । एकीकृत जनता समाजवादी पार्टीका नेताहरु नयाँ दल दर्ता गराउन निर्वाचन आयोगमा पुगेका छन् ।

आज बिहान साढे १० बजे दर्ताका लागि निर्वाचन आयोग पुगेको नेता केशव झाले जानकारी दिए । आयोगमा उपेन्द्र यादव, राजेन्द्र महतो, शरतसिंह भण्डारी, राजेन्द्र श्रेष्ठ लगायतका नेताहरु पुगेका छन्।

समाजवादी पार्टीका केन्द्रीय सदस्य शिवजी यादवले नयाँ दल दर्ताका लागि आयोग पुगेको जानकारी दिए।

हिजो मध्यराति समाजवादी पार्टी र राजपाबीच सहमति पत्रमा हस्ताक्षर भएको थियो । राजपाको तर्फबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव र शरतसिंह भण्डारीले र समाजवादीको तर्फबाट बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका थिए ।

निर्वाचन आयोगमा दल दर्ता भइसकेपछि संसद सचिवालयमा सभामुखलाई जानकारी गराउन जाने कार्यक्रम रहेको नेता शिवजी यादवले देखापढीलाई जानकारी दिए ।

उनले पार्टी अब आफ्नो प्रक्रियामा अघि बढ्ने बताए । केन्द्रीय समितिको बैठक कहिले र कतिबेला बस्ने भन्ने यकिन नभएको उनले बताए ।

यो पनि पढ्नूस्

राजपा र समाजवादी पार्टीबीच एकता घोषणाराजपा र समाजवादी पार्टीबीच एकता घोषणा

प्रतिक्रिया दिनुहोस्