निर्वाचन आयोगमा राजपा र समाजवादी पार्टीको एकता सहमति पत्र दर्ता

काठमाडौं । राजपा र समाजवादी पार्टीका नेताहरूले केहीबेरअघि निर्वाचन आयोगमा पार्टी एकीकरणका लागि भएको सहमति पत्र दर्ता गराएका छन् ।

दर्ता नम्बर १३८८ रहेको समाजवादी पार्टीका एक उच्च नेताले जानकारी दिए । यो नयाँ पार्टी दर्ताको पहिलो प्रक्रिया हो ।

‘हिजो राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीबीच एकता भएकाले सहमति पत्र यसैसाथ संलग्न गरी पठाइएको छ,’ दर्ता गरिएको पत्रमा उल्लेख छ । जसमा राजपाका संयोजक शरतसिंह भण्डारी र समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका छन् ।

यो पनि पढ्नूस्

नयाँ दल दर्ताका लागि निर्वाचन आयोग पुगे राजपा र समाजवादीका नेताहरू

राजपा र समाजवादी पार्टीबीच एकता घोषणा

प्रतिक्रिया दिनुहोस्