उहान (चीन)। चीनमा शुरु सातौँ विश्व सैनिक ग्रीष्मकालीन खेलकूद प्रतियोगितामा नेपाली सेनाले पहिलो पटक भाग लिएको छ।
इन्टरनेशनल मिलिटरी स्पोर्टस् काउन्सिल (सीआइएसएम) को आयोजना भएको प्रतियोगितामा सहभागी राष्ट्रको आज झण्डोत्तोलन भएको छ। नेपाली सेनाका महासेनानी शशिकिरण रायमाझीको नेतृत्वमा नेपाली खेलाडी झण्डोत्तोलन समारोहमा मार्चपास गर्दै सहभागी भएका छन्। समारोहमा नेपालीसहित साउदी अरोबिया, बेलारुस, चिली, मङ्गोलिया र स्लोभानियाका राष्ट्रिय झण्डा एकैसाथ फहराइएको थियो।
प्रतियोगिताको मूख्य नारा ‘सैनिक गौरव र विश्व शान्ति’ रहेको छ। उक्त प्रतियोगितामा नेपालले १३ खेलमा भाग लिएको छ। नेपाली सेनाले आर्चरी, ब्याडमिण्टन, बक्सिङ, घोडचढी, फेन्सिङ, जुडो, ट्रायथलन, ट्र्याक एण्ड फिल्ड, तेक्वान्दो, बिच भलिबल, कुस्ती मोर्डन पेन्टालन र सुटिङमा प्रतिस्पर्धा गर्नेछ।
उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले विशिष्ट पाहुनाका रुपमा विश्व सैनिक खेलकूद प्रतियोगिताको उद्घाटन समारोहमा भाग लिएका छन्।
नेपालसहित विश्वका १०५ मुलुकका १० हजार ७१९ खेलाडिको सहभागिता रहेको यो सैनिक खेलकूद प्रतियोगिता १० कात्तिकसम्म सञ्चालन हुनेछ। यस खेलकूद प्रतियोगितालाई ओलम्पिकको दोस्रो ठूलो खेलकूद महोत्सवका रुपमा लिने गरिन्छ। प्रतियोगितामा दुई प्रदर्शनी खेलसहित २७ खेल समावेश छ।
प्रतियोगितामा विभिन्न विधा र समूहमा गरी ३२८ वटा प्रतिस्पर्धा हुनेछन्। आठौं राष्ट्रिय खेलकूद प्रतियोगितामा स्वर्णपदक विजेता र उत्कृष्ट प्रदर्शन गर्ने खेलाडिले यस प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन्।
उहान शहरको १२ वटा स्थानमा प्रतियोगिता सञ्चालन हुनेछ।
प्रतियोगिताका विजयी खेलाडीलाई प्रदान गरिने पदकलाई ‘शान्ति र मैत्रीका तारा’ नाम दिइएको छ भने ट्रफिलाई ‘शान्तिको प्रतिक’ को सङ्ज्ञा दिइएको छ। रासस
" /> उहान (चीन)। चीनमा शुरु सातौँ विश्व सैनिक ग्रीष्मकालीन खेलकूद प्रतियोगितामा नेपाली सेनाले पहिलो पटक भाग लिएको छ।इन्टरनेशनल मिलिटरी स्पोर्टस् काउन्सिल (सीआइएसएम) को आयोजना भएको प्रतियोगितामा सहभागी राष्ट्रको आज झण्डोत्तोलन भएको छ। नेपाली सेनाका महासेनानी शशिकिरण रायमाझीको नेतृत्वमा नेपाली खेलाडी झण्डोत्तोलन समारोहमा मार्चपास गर्दै सहभागी भएका छन्। समारोहमा नेपालीसहित साउदी अरोबिया, बेलारुस, चिली, मङ्गोलिया र स्लोभानियाका राष्ट्रिय झण्डा एकैसाथ फहराइएको थियो।

">