कोरोना भाइरस संक्रमित दुई महिलाको स्वास्थ्य सामान्य
कैलाली । सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमति दुई महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ।

अस्पतालका अनुसार अहिलेसम्म गरिएका परीक्षणमा दुवै महिलाको रिपोर्टमा कोरोना भाइरस संक्रमण देखिएको छ ।

अस्पतालका प्रवक्ता डाक्टर जगदीश जोशीले दुवैको अवस्था सामान्य रहेको बताए । उनका अनुसार दुवैजनालाई आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।  अहिलेसम्म तीनपटक परीक्षण गरिएकोमा उनीहरूको रिपोर्ट पोजिटिभ आएको डाक्टर जोशीले बताए ।

धनगढी उपमहानगरपालिका ५ की ३४ वर्षीया महिला र लम्कीचुहा नगरपालिका १ की ५२ वर्षीय महिला सेती अस्पतालमा उपचाररत छन्।

यसअघि सोही अस्पतालमा उपचार गराएर तीनजना संक्रमित ठीक भई घर फर्किसकेका छन् ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्