भक्तपुरबाट ११ बन्दी रिहा

भक्तपुर। लकडाउनको अहिलेसम्मको अवधिमा जिल्ला अदालत भक्तपुरको आदेशमा ११ बन्दी रिहा भएका छन्।

यस अवधिमा बाल सुधारगृहमा रहेका १० र मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५५ को निवेदनका आधारमा एक वर्षभन्दा कम सजाय बाँकी रहेका एक गरी ११ बन्दी रिहा भएको अदालतका श्रेस्तेदार घनेन्द्र अधिकारीले बताए।

कोभिड-१९ को जोखिमका कारण अहिले देशैभर एक वर्षभन्दा कम सजाय तोकिएकाहरूलाई रिहा गरिँदै आइएको छ।

लकडाउनको समयमा पनि नियमित अदालत सञ्चालन गरी बन्दी प्रत्यक्षीकरण, पक्राउ पूर्जी अनुमति, अभियोगपत्र दर्तालगायतका काम भइरहेको उनले जानकारी दिए।

अदातलमा लकडाउन अवधिभर १० अभियोगपत्र दर्ता भएको, दुई अवधि थप र दुई जरुरी पक्राउ पूर्जी जारी भएको बताइएको छ। रासस

प्रतिक्रिया दिनुहोस्