कैलालीमा नेविसंघको घुम्ती रक्तदानमा ९२ जना सहभागी 
साताव्यापी आयोजना गरिएको रक्तदानमा ९२ जनाले रक्तदान गरेका छन्।
नेविसंघ क्षेत्र नम्बर ५ का सभापति गजेन्द्रविक्रम शाहीले लकडाउनमा रगत संकलन नहुँदा विरामीलाई रगत अभाव पूर्ति गराउन रेडक्रस सोसाइटीसँगको सहकार्यमा  रक्तदान कार्यक्रम गरिएको बताए।
६ वैशाखदेखि संचालन गरिएको घुम्ती रक्तदानमा रक्त सञ्चार केन्द्र धनगढीमा १०, फूलबारी डिपो बजारमा १४, बिशालनगरमा १४, राजपुर चोकमा १५ जना, शिवनगरमा १७ र वडा नम्बर २ मा २२ जना सहभागी भएका छन्।
रगत जोहो गर्न निकै समस्या भइरहेको बेला यस्ता अभियानले सहयोग पुगेको रक्त सञ्चार केन्द्र धनगढीका प्रमुख धरणी पन्तले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्