काठमाडौं। लकडाउन शुरु भएपछिको २९ दिनमा ७७ हजार ५७८ मेट्रिक टन खाद्यान्न आयात भएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका ११ चैतदेखि हिजो, १० वैशाखसम्म २४ हजार २१८ मेट्रिक टन दलहन, ४० हजार ९९ मेट्रिक टन तरकारी, १० हजार ८१८ मेट्रिक टन फलफूल र दश हजार ९९६ मेट्रिक टन दुग्धजन्य पदार्थ आयात गरिएको छ।
त्यस्तै ९७ करोड ६९ लाख ७६ हजार बराबरको तयारी औषधि र २१ करोड ९१ लाख १६ हजार रूपैयाँ बराबरको कच्चा पदार्थ आयात भएको छ।
मन्त्रालयको तथ्यांक अनुसार लकडाउनको पहिलो हप्ताको तुलनामा दोस्रो र तेस्रो हप्ता आयात वृद्धि भएको छ।
तेस्रो हप्तामा खाद्यान्न, दुग्धजन्य पदार्थ र तयारी औषधिको आयात बढेको छ। दलहन, तरकारी, फलफूल र औषधिको कच्चा पदार्थ आयात भने घटेको छ।
सबैभन्दा धेरै दुग्धजन्य पदार्थ ११७ दशमलव ४ प्रतिशतले आयात बढेको छ। त्यसपछि तयारी औषधि ६८ दशमलव ८ प्रतिशत र खाद्यान्न ३७ दशमलव ७ प्रतिशतले बढेको छ।
फलफूल ३४ दशमलव ३ प्रतिशत, दलहन २४ दशमलव ४ प्रतिशत, तरकारी ४ दशमलव ५ प्रतिशत र औषधिको कच्चा पदार्थ दुई प्रतिशतले घटेको छ।
भारतको पश्चिम बंगाल सरकारले आफ्ना सबै नाका बन्द गरेकाले गत २७ चैतमा झापाको काँकडभिट्टा नाकाबाट सामान आयात तथा निर्यात ठप्प भएको छ।
लकडाउनका अवधिमा वीरगञ्ज एकीकृत जाँचचौकीबाट २३० ट्रक भित्रिएको र १७९ ट्रक बाहिरिएको छ भने ६८३ ट्रक रोकिएका छन्।
त्यस्तै वीरगञ्ज सुख्खा बन्दरगाहबाट नब्बे ट्रक भित्रिएको, सात ट्रक बाहिरिएको र तीन हजार १५५ ट्रक रोकिएका छन्।
भैरहवा नाकावाट १२४ ट्रक भित्रिएको, १५४ ट्रक बाहिरिएको र हाल २३४ ट्रक रोकिएका छन्।
विराटनगर एकीकृत जाचँचौकीमा १०२ ट्रक भित्रिएको, १०३ ट्रक बाहिरिएको र १०१ ट्रक रोकिएका छन्।
विराटनगर सुख्खा बन्दरगाहमा आठ ट्रक र काँकडभिट्टा नाकामा २८ ट्रक रोकिएका छन् ।
तातोपानी नाकाबाट ४ वैशाखयता पाँच कन्टेनर र एक ट्रक औषधिजन्य पदार्थ नेपाल भित्रिएका छन्।
चीनमा कोराना भाइरसको संक्रमण बढेपछि गत १३ माघदेखि बन्द तातोपानी नाका नेपाल सरकारले १२ चैतमा अत्यावश्यक सामान ल्याउनका लागि खोल्ने निर्णय गरेको थियो । रासस
" /> काठमाडौं। लकडाउन शुरु भएपछिको २९ दिनमा ७७ हजार ५७८ मेट्रिक टन खाद्यान्न आयात भएको छ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका ११ चैतदेखि हिजो, १० वैशाखसम्म २४ हजार २१८ मेट्रिक टन दलहन, ४० हजार ९९ मेट्रिक टन तरकारी, १० हजार ८१८ मेट्रिक टन फलफूल र दश हजार ९९६ मेट्रिक टन दुग्धजन्य पदार्थ आयात गरिएको छ।

">