ओली-दाहाल भेटपछि नेकपा सांसदहरुसँगको छलफल स्थगित
काठमाडौं। प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले आफ्ना सांसदहरुसँग प्रदेशगत रुपमा शुरु गरेको संयुक्त छलफल स्थगित भएको छ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको ओली-दाहाल भेटवार्तापछि आजका लागि निर्धारित छलफल स्थगित भएको हो।

सरकारले ल्याएका दुईवटा अध्यादेशले नेकपा पंक्तिमा अन्योल सिर्जना गरेपछि हिजो, १० बैशाखदेखि दुवै अध्यक्षले आफ्ना सांसदहरुसँग प्रदेशगत छलफल शुरु गरेका थिए।

त्यसअनुसार हिजो सुदुरपश्चिम, प्रदेश १ र बागमती प्रदेशका सांसदहरुसँग छलफल भएको थियो।

आज बाँकी प्रदेशका सांसदहरुसँग छलफललाई निरन्तरता दिने कार्यक्रम तय गरिएको थियो।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आज अध्यक्षद्वयबीच समसामयिक विषयमा भेटवार्ता भएको र करीब एक घण्टा दुवैले कुराकानी गरेको बताए।

'वान अन वान' कुराकानीपछि सांसदहरुसँगको छलफल स्थगित भएको हो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्