पहिलो पटक गहुँको समर्थन मूल्य तोकिँदै <p>काठमाडौं। सरकारले पहिलोपटक गहुँको समर्थन मूल्य तोक्ने तयारी गरेको छ ।</p> <p>प्रतिक्&zwj;विन्टल ३ हजार १५ रुपैयाँ कायम गर्नेगरी मन्त्रिपरिषद्&zwj;मा प्रस्ताव पठाइएको छ।</p> <p>उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीका अनुसार मन्त्रिपरिषद्&zwj;बाट पारित भएपछि समर्थन मूल्य कायम हुनेछ ।</p> <p>गहुँ नेपालको प्रमुख नगदेबालीमध्येको एक हो । यसअघि गत ३० चैतमा रूपन्देहीको तिलोत्तमा नगरपालिकाले प्रतिक्&zwj;विन्टल तीन हजार रुपैयाँ समर्थन मूल्य तोकेको थियो । संघीय सरकारले त्यसमा १५ रुपैयाँ बढाएर समर्थन मूल्य कायम गर्न लागेको हो ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्