दाङका ८० मजदूर परिवारलाई खाद्यान्न सहयोग
<p>काठमाडौं। घोराही चेम्बर अफ कमर्सले दाङका मजदूर परिवारलाई राहत सामग्री वितरण गरेको छ।</p>
<p>लकडाउनका कारण दैनिक ज्यालादारी गरी जीविका चलाउने मजदूरलाई समस्या परेको भन्दै खाद्यान्‍न सामग्री वितरण गरिएको हो।</p>
<p>घोराहीका ८० मजदूर परिवारलाई २५ किलो चामल, तेल, नुन, सोयाबिनलगायतका सामग्री दिइएको घोराही चेम्बरकी अध्यक्ष मञ्जु बज्राचार्यले बताईन्।</p>
प्रतिक्रिया दिनुहोस्