सप्तरी। सप्तरीमा र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) किटको अभाव भएको छ।

जिल्लाको सप्तकोशी र कञ्चनरूपमा ठूलो संख्यामा कोरोना भाइरस परीक्षण भएपछि अहिले किटको अभाव भएको हो।

किट अभावमा होम क्वारेन्टाइनमा बसेकाहरूको परीक्षण हुन सकिराखेको छैन। मागअनुसार किट प्राप्त नभएपछि उनीहरूको कोरोना परीक्षण हुन नसकेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ।

कोरोना भाइरस (कोभिड-१९) संक्रमणको जोखिम रोकथाम र नियन्त्रणको तयारी र अवस्थाका बारेमा अनुगमन तथा निरीक्षण गर्न आएका प्रदेश नं. २ महिला तथा बालबालिका सामाजिक न्याय समितिसँग स्वास्थ्य कार्यालय र गजेन्द्रनारायण सिंह अस्पतालका प्रमुखले आरडीटी किटसहितको स्वास्थ्य सामग्री उपलब्ध गराउन माग गरे।

प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आपूर्ति केन्द्रबाट ३० चैतमा प्राप्त ८०० मध्ये ७४० किट सकिएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए।

प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनरूपलाई उपलब्ध १०० किट पनि सकिएको सिनियर अहेव डम्बर गुप्ताले बताए।

यस्तै गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा आएको १६० मध्ये ११७ किट प्रयोग भइसकेको अस्पतालले जनाएको छ। अब बाँकी रहेका किट आज सकिने जानकारी गराउँदै स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवले तत्काल किट उपलब्ध नभए परीक्षण रोकिने बताए।

उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा कोरोना भाइरसबाट संक्रमित २८ मध्ये दुईजना सप्तरीको सुरुङ्गा नगरपालिका–११ औराहा भजक्का टोलका रहेकाले सो क्षेत्रमा कोरोना परीक्षणलाई तीव्र पार्न स्थानीयवासीले माग गरेका छन्। बाँकी रहेको आरडीटी किटले सो क्षेत्रमा परीक्षण सम्पन्न गर्न सक्ने अवस्था नरहेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ।

कार्यालयका अनुसार अझै चार महिलासहित १२७ जना स्थानीय तहद्वारा सञ्चालित क्वारेन्टाइनमा र ४९ जना होम क्वारेन्टाइनमा छन्। उनीहरूलाई कोरोना परीक्षण गर्नुपर्ने अवस्था छ। “हामीसँग भएको किटले सबै जनाको परीक्षण गर्न सकिँदैन”, स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवले भने, “थप किटका लागि माग गरेका छौं, उपलब्ध भएपछि आवश्यकताअनुसार सबैको कोरोना परीक्षण गरिनेछ।”

“आरडीटी किट, भीटीएम, पीपीई, मास्क, सेनिटाइजर, थर्मल गनलगायत आवश्यक स्वस्थ्य सामग्रीको माग गरेका छौं”, उनले भने, “बोदे बर्साइनमा नेपाली सेनाको सहयोगमा स्वाब सङ्कलन केन्द्र स्थापना गर्ने निर्णय भएको पाँच दिन बितिसक्दा पनि भीटीएम र आरडीटी किटको अभावमा परीक्षण शुरू हुन सकेको छैन।”

बोदे बर्साइन नगरपालिका-५, जाँजरमा ३ देखि ५ फागुनसम्म एक लाख बढी इस्लाम धर्मालम्बीहरूको सहभागितमा धार्मिक सभा ‘इज्तिमा’ भएको थियो। ‘इज्तिमा’को मुख्य आयोजक र व्यवस्थापक बोदे बर्साइन भएकाले जिल्ला सुरक्षा समितिले सो क्षेत्रलाई जोखिमयुक्त ठहर गर्दै बोदे बर्साइनमा स्वाब सङ्कलन गर्ने निर्णय गरेको हो।

नेपाली सेनाको चिकित्सकसहितको टोली स्वाब सङ्कलनका लागि आउन तयारी अवस्थामा रहे पनि भीटीएम र आरडीटीकै अभावले परीक्षण शुरू हुन सकेको छैन। जिल्लामा मागअनुसार भीटीएम र आरडीटी किटलगायत पीपीई, मास्कजस्ता सामग्री नआएको भन्दै निमित्त प्रमुख यादवले प्रदेश २ को महिला तथा बालबालिका सामाजिक न्याय समितिलाई जानकारी गराए।

“किटलगायत आवश्यक स्वास्थ्य सामग्रीको अभाव छ”, गजेन्द्रनारायण सिंह अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दासले भने, “अहिले रकमभन्दा आवश्यक सामग्री र दक्ष जनशक्तिको आवश्यक्ता छ, रकम वा आश्वासनभन्दा जनशक्ति र चाहिने सामग्री आएमा कोरोना संक्रमणको जोखिममा रहेका सबैजनाको परीक्षण गर्न सहज हुन्छ।”

समितिका सभापति जैनुल राइनले प्रदेश सरकारले निर्णय गरेर पनि जडान हुन नसकेको पीसीआर मेसिन जडान गर्न र स्वास्थ्य सुरक्षा सामग्रीहरू उपलब्ध गराउन प्रदेश सरकारलाई निर्देशन दिने आश्वासन दिए। रासस

" /> सप्तरी। सप्तरीमा र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) किटको अभाव भएको छ।

"> सप्तरीमा आरडीटी किट अभाव: Dekhapadhi
सप्तरीमा आरडीटी किट अभाव

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्