काठमाडौं। राजपा र समाजवादी मिलेर बनेकाे दल जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले दुई पार्टी एकजुट भएर सरकारलाई कडा जवाफ दिएको बताएका छन्।
आज सिंहदरबारस्थित् संसद सचिवालयमा सभामुख अग्निप्रसाद सापकोटालाई एकताको सहमतिपत्र बुझाएर बाहिरिएपछि देखापढीसँगको कुराकानीमा भने, “अध्यादेश पार्टी मूल्य-मान्यता विरुद्ध थियो, गलत समयमा आयो, हामीले रातारात सहमति गरेर सरकारलाई जवाफ दियौँ।”
एकीकरण लामो समयदेखिको प्रयास भएको बताउँदै उनले उचित समयमा एकीकरण गरिएको दाबी गरे। उनले राजपाका दुईजना नेता राजकिशोर यादव र अनिल कुमार झामाथि इंगित गर्दै पार्टीभित्रको असन्तुष्टि पनि समाधान हुने बताए।
उनले भने, “उहाँहरूको असन्तुष्टि सामान्य हो, औपचारिक प्रतिक्रिया पनि आएको छैन, छिट्टै समस्या सुल्झिन्छ।”
गएराति समाजवादी पार्टी र राजपाबीचको एकता सहमति पत्रमा राजपा अध्यक्षमण्डलका सदस्य राजकिशोर यादव र अनिल कुमार झाको हस्ताक्षर थिएन। सहमति हुँदै गर्दा उनीहरू अनुपस्थित थिए।
समाजवादी पार्टी र राजपाबीचको सहमतिप्रति असन्तुष्ट रहेका दुवै नेता सम्पर्कमा आउन चाहेका छैनन्। बाध्यात्मक परिस्थितिमा एकीकृत भएको पार्टी फेरि नफुट्ला भन्ने के आधार छ त ? भन्ने प्रश्नमा महतोले भने, “पार्टी अब एक ढिक्का भई अघि बढ्नेछ, यो कुरा समयले प्रमाणित गर्ला।”
नेता महतोले लकडाउन खुलेपछि पार्टीको बाँकी प्रक्रिया अघि बढ्ने स्पष्ट पारे।
" /> काठमाडौं। राजपा र समाजवादी मिलेर बनेकाे दल जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले दुई पार्टी एकजुट भएर सरकारलाई कडा जवाफ दिएको बताएका छन्।आज सिंहदरबारस्थित् संसद सचिवालयमा सभामुख अग्निप्रसाद सापकोटालाई एकताको सहमतिपत्र बुझाएर बाहिरिएपछि देखापढीसँगको कुराकानीमा भने, “अध्यादेश पार्टी मूल्य-मान्यता विरुद्ध थियो, गलत समयमा आयो, हामीले रातारात सहमति गरेर सरकारलाई जवाफ दियौँ।”

">