काठमाडौं। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशका सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग भिडिओ कन्फ्रेन्स गरेका छन्।
मुख्यमन्त्री शाहीले कोरोना भाइरस (कोभिड-१९) को रोकथाम, नियन्त्रण तथा उपचार कार्यका सम्बन्धमा जिल्लामा भइरहेका कामबारे दशवटै जिल्लाका सीडीओसँग जानकारी लिएका हुन्।
कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका लागि अझै सक्रियतापूर्वक लाग्न, घरपरिवार भित्रकै जनशक्तिको प्रयोगबाट मौसमी कृषि कार्य गर्नका लागि सहजीकरण गर्न, कम जनशक्ति र मेशिनको प्रयोगवाट हुने विकास निर्माणका कार्यको निरन्तरताका लागि समन्वय गर्न उनले निर्देशन दिएका छन्।
मुख्यमन्त्री शाहीले स्थानीय तहको समन्वयमा जिल्लामा भित्रिएका मजदुर, विद्यार्थी लगायतका सबै नागरिकलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन र लकडाउन लम्बिँदा हुन सक्ने खाद्यसंकटको समाधानको लागि आवश्यक समन्वय गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिए।
" /> काठमाडौं। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशका सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग भिडिओ कन्फ्रेन्स गरेका छन्।मुख्यमन्त्री शाहीले कोरोना भाइरस (कोभिड-१९) को रोकथाम, नियन्त्रण तथा उपचार कार्यका सम्बन्धमा जिल्लामा भइरहेका कामबारे दशवटै जिल्लाका सीडीओसँग जानकारी लिएका हुन्।

">