सेती अस्पतालमा खोप सेवा पुन: सञ्चालन

कैलाली। सेती प्रादेशिक अस्पतालमा लकडाउनपछि बन्द रहेको खोप सेवा भाेलिदेखि पुन: सञ्चालन हुने भएकाे छ।

अस्पतालले आज सूचना जारी गर्दै बालबालिकाहरूका लागि लगाइने विभिन्न खोपहरू हप्ताको दुई दिन सञ्चालन गरिएकाे जनाएकाे छ।

अब प्रत्येक हप्ताकाे सोमबार र शुक्रबार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म खोप सेवा लिन सकिने अस्पतालद्वारा जारी सूचनामा उल्लेख छ।

त्यस्तै प्रत्येक हप्ता आइतबार र बुधबार गर्भवती तथा परामर्श र टिडी खोप सेवासमेत सञ्चालन भएकाे भएको अस्पतालले जानकारी दिएको छ।

खोप सेवा बन्द हुँदा धेरै बालबालिका खोप लगाउनबाट वञ्चित हुँदै आएका थिए।

प्रतिक्रिया दिनुहोस्