थप दुईजनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ४७ पुग्यो
<p style="text-align:justify">काठमाडौं। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा आज गरिएका परीक्षणमा दुईजनामा कोरोनाको संक्रमण पुष्टि भएको छ।</p>
<p style="text-align:justify">उदयपुरकी ५५ वर्षीया महिलामा र जनकपुरका १४ वर्षीय बालकमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।</p>
<p style="text-align:justify">मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले दुईजना थप भएको र नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुगेको जानकारी दिए।</p>