सनसिटी अपार्टमेन्टका दुवैजना संक्रमित निको भएर घर फर्किए

काठमाडौं। काठमाडौंको पेप्पसीकोलास्थित् सनसिटी अपार्टमेन्टमा बस्ने दुईजना काेभिड-१९ का बिरामी निकाे भएर आज घर फर्किएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ८१ वर्षीया वृद्ध महिला र ५८ वर्षीय पुरुष डिस्चार्ज भएको नकारी दिएको छ।

५ चैतमा बेलायतबाट फर्किएका आमा, छोरा र बुहारीमा आरडीटी परीक्षणमा नतिजा पोजिटिभ आएपछि पीसीआर विधिबाट परीक्षण गरिएको थियो।

पीसीआरमा आमा र छोराको मात्रै रिपाेर्ट पोजिटिभ आएको थियो। उनीहरूको पाटन अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको थियो।

पछिल्ला रिपोर्ट नेगेटिभ आएपछि दुवैजना आज निको भएर घर फर्किएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित प्रेस ब्रिफिङमा जानकारी दिए।

यो सँगै नेपालमा संक्रमित भएकामध्ये ९ जना बिरामी निको भएर घर फर्किसकेका छन्।

प्रतिक्रिया दिनुहोस्