भारतमा कोरोना संक्रमितको संख्या बढ्ने क्रम रोकिएन
काठमाडौं। भारतमा कोरोना भाइरस संक्रमितको संख्या २१ हजार ३९३ पुगेको छ। सार्वजनिक विवरण अनुसार पछिल्लो २४ घण्टा भारतमा थप एक हजार ४०९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार त्यहाँ २४ घण्टायता मृत्यु भएकाको संख्या ४१ पुगेको छ। भारतमा हासम्म मृत्यु भएकाको संख्या भने ६८१ भइसकेको छ। संक्रमितहरूमध्ये ४ हजार २५७ जना उपचारपछि निको भएका छन्।

सबैभन्दा बढी प्रभावित महाराष्ट्रमा संक्रमणको दर घट्न सकेको छैन। त्यहाँ संक्रमितको संख्या ५ हजार ६५२ पुगेको छ। र, २६९ जनाले ज्यान गुमाइसकेका छन्।

यता नेपालसँग सीमा जोडिएको उत्तर प्रदेश र बिहार राज्यमा पनि अवस्था सुधारिएको छैन। उत्तर प्रदेशमा एक हजार ४४९ जना र बिहारमा १४७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

भारतमा  ८ बैशाखमा ९२४ जना, ९ बैशाखमा एक हजार ५४१ जना र १० बैशाखमा एक हजार २९० जना कोरोना भाइरस संक्रमित नयाँ विरामी भेटिएका थिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्