काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताको त्याग र वलिदानबाट प्राप्त लोकतन्त्रलाई कमजोर पार्ने खेल भइरहेको आरोप लगाएका छन्।
लोकतन्त्र दिवसका अवसरमा आज सन्देश जारी गर्दै सभापति देउवाले देश कोरोना सन्त्रासका कारण लकडाउनको अवस्थामा रहेका बेला संवैधानिक परिषद् र राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएर सरकारले संविधानको मूल मर्म र लोकतान्त्रिक मूल्य, मान्यताको उल्लंघन गरेको बताएका छन्।
‘लोकतन्त्रमाथिको यो घृणित कार्यको भर्त्सना गर्नुपर्दछ। उक्त अध्यादेशहरू तत्काल फिर्ता लिन म पुनः आग्रह गर्दछु’, देउवाले भनेका छन्।
पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले लोकतन्त्रमा मात्र सबैको अधिकार सुनिश्चित हुने भएकोले यसको रक्षार्थ सजग रहन सबैलाई आग्रह गरका छन्।
‘यो अवसरमा बीर योद्धाहरूको साहस, संकल्प र वलिदानको धरोहरको रूपमा स्थापित लोकतन्त्रलाई कमजोर हुन दिने छैनौँ भनेर प्रण गरौँ’, सन्देशमा देउवाले भनेका छन्।
उनले नेपाली कांग्रेसलगायत अन्य राजनीतिक दलद्वारा संचालित ऐतिहासिक जनआन्दोलनले ११ वैशाख २०६३ मा मुलुकमा एक युगान्तकारी परिवर्तन ल्याएको स्मरण गरेका छन्।
" /> काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताको त्याग र वलिदानबाट प्राप्त लोकतन्त्रलाई कमजोर पार्ने खेल भइरहेको आरोप लगाएका छन्।लोकतन्त्र दिवसका अवसरमा आज सन्देश जारी गर्दै सभापति देउवाले देश कोरोना सन्त्रासका कारण लकडाउनको अवस्थामा रहेका बेला संवैधानिक परिषद् र राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएर सरकारले संविधानको मूल मर्म र लोकतान्त्रिक मूल्य, मान्यताको उल्लंघन गरेको बताएका छन्।

">