मास्क सिलाउँदै भारतकी ‘फर्स्ट लेडी’ <p>भारत। भारतीय राष्ट्रपति रामनाथ कोविन्दकी श्रीमती (फर्स्ट लेडी) सविता कोविन्दले मास्क सिलाउन थालेकी छन्। कोरोना भाइरसविरुद्ध लड्न उनले मास्क सिलाउन थालेकी हुन्।</p> <p>उनले सिलाएका मास्क दिल्ली अर्बान सेल्टर इम्प्रोभमेन्ट बोर्डका आश्रय घरहरूमा बाँड्ने योजना रहेको छ।</p> <p>सविताले मास्क सिलाउँदै गरेको तस्वीर भारतीय जनता पार्टीले आफ्नो आधिकारिक ट्वीटरमा पोस्टसमेत गरेको छ। उक्त तस्वीर यतिबेला भारतमा चर्चामा छ।</p> <p>कोरोना भाइरसको संक्रमणविरुद्ध लड्न भारतमा पनि मास्क लगाउन अनिवार्य गरिएको छ। भारतमा आजसम्म कोरोना भाइरस संक्रमित संख्या २१ हजार पुगेको छ भने&nbsp; ६८१ जनाको मृत्यु भइसकेको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्