काठमाडौं। ५ चैतमा बेलायतबाट काठमाडौं आएका आमा, छोरा र बुहारीमा आरडीटी किट परीक्षणमा कोरोना संक्रमण पोजिटिभ देखियो। विदेशबाट फर्किएको २६ दिनपछि उनीहरूमा आरडीटी किट परीक्षणमा रिपोर्ट पोजिटिभ आयो।
कागेश्वरी मनोहरा नगरपालिका-९ स्थित् सनसिटी अपार्टमेन्टमा बस्दै आएका उनीहरूलाई १ वैशाख कै बेलुका पाटन अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरियो। सोही बेलुका पीसीआर विधिबाट परीक्षणका लागि तीनैजनाको थ्रोट स्वाबको नमूना संकलन गरियो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ८१ वर्षीया वृद्ध आमा र ५८ वर्षीया छोराको परीक्षण पोजिटिभ आयो।
तर, ती वृद्धाकी बुहारीको रिपोर्ट नेगेटिभ देखियो। उनीहरूको स्वास्थ्य सामान्य नै थियो। यद्पि, कोरोना संक्रमण पुष्टि भइसकेपछि उनीहरूको उपचार शुरू भयो। तर, संक्रमण पुष्टि भएर उपचार शुरू भएको ११ औं दिनमै ८१ वर्षीया वृद्धाले कोरोना भाइरस (कोभिड-१९) लाई जितेर आज घर फर्किएकी छिन्। उनीसँगै उनका छोरा पनि निको भएर घर फर्किएका छन्।
उपचारका क्रममा पनि उनको स्वास्थ्य अवस्था सामान्य नै रहेको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ८१ वर्षीया महिला र ५८ वर्षीय पुरुष निको भएर घर फर्किएको जानकारी दिए।
यसअघि बागलुङकी ६५ वर्षीया वृद्धा पनि १७ दिनमै निको भएर घर फर्किएकी हुन्। नेपालमा हालसम्म ९ जना संक्रमित निको भएर घर फर्किसकेका छन्।
यसैबीच, पहिलोपटक नेपालमा एकजना बालकमा कोरोना संक्रमण भेटिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा धनुषाको जनकपुरका १४ वर्षीय बालकमा संक्रमण भएको हो।
ती बालकमा कोभिड-१९ को संक्रमण कसरी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको छ। आजै उदयपुरको त्रियुगा नगरपालिका–३ भल्केबाट स्वाबको नमूना संकलन गरिएका मध्ये एक ५५ वर्षीया महिलामा पनि संक्रमण पुष्टि भएको छ।
नेपालमा थप दुईजनासहित कोरोना संक्रमितको संख्या ४७ पुगेको छ।
" /> काठमाडौं। ५ चैतमा बेलायतबाट काठमाडौं आएका आमा, छोरा र बुहारीमा आरडीटी किट परीक्षणमा कोरोना संक्रमण पोजिटिभ देखियो। विदेशबाट फर्किएको २६ दिनपछि उनीहरूमा आरडीटी किट परीक्षणमा रिपोर्ट पोजिटिभ आयो।कागेश्वरी मनोहरा नगरपालिका-९ स्थित् सनसिटी अपार्टमेन्टमा बस्दै आएका उनीहरूलाई १ वैशाख कै बेलुका पाटन अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरियो। सोही बेलुका पीसीआर विधिबाट परीक्षणका लागि तीनैजनाको थ्रोट स्वाबको नमूना संकलन गरियो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ८१ वर्षीया वृद्ध आमा र ५८ वर्षीया छोराको परीक्षण पोजिटिभ आयो।

">