काठमाडौं। बागलुङको धौलागिरि अञ्चल अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित युवतीको पाँचौं पटकमा कोराना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ।
बागलुङ नगरपालिका–४ कुडुलेकी १९ वर्षीया बेल्जियमबाट गत ४ चैतमा कतार एअरवेजको क्युआर ६५२ को जहाजबाट नेपाल आएकी थिइन्।
१५ चैतमा गते कोरोना पोजिटिभ देखिएपछि अस्पतालको आइसोलेसन वार्डमा उनी उपचाररत् छन्।
अस्पतालको २७ दिनको बसाइमा गरिएको पाँचौंपटकको परीक्षणमा कोरोनो नेगेटिभ आएको अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. शैलेन्द्र पोखरेलले जानकारी दिए।
रिपोर्ट नेगेटिभ आएपछि युवतीले भनिन्, “निकै खुशी लागेको छ, अब अर्को परीक्षण पनि पक्कै नेगेटिभ आउँछ भन्ने लागेको छ, आफूभन्दा पछि आउनुभएकी आमा आफूभन्दा छिट्टै सञ्चो भएर जाँदा कताकता मलाई सञ्चो हुन्न कि जस्तो लागेको थियो तर, अरु स्वास्थ्य समस्या नभएकाले कोरोना जित्छु भन्ने आत्मविश्वास थियो।”
उनले परिवार, साथीभाइ र चिकित्सकको विशेष निगरानीले आफूलाई कारोना जित्ने हौसला मिलिरहेको बताइन्। आइसोलेसनमा बस्दा उनी मोबाइलमा साथीहरूसँग च्याट गर्ने, गीत सुन्ने र टिकटक हेरेर दिन बिताउँथिन्।
डा. पोखरेलले एकचोटीको परीक्षणको रिपोर्टले मात्र डिस्चार्ज गर्न नमिल्ने भएकाले भोलि पुनः अर्को नमूना परीक्षणका लागि पठाइने बताए।
“सामान्यतः एक चोटीको रिपोर्ट मात्रै आधिकारिक हुँदैन, पुनः दोस्रो पल्टको परीक्षण नतिजापछि मात्र डिस्चार्ज गर्न मिल्छ, ९० प्रतिशत नेगेटिभ नै हुन्छ, अपवादको रूपमा बाहेक अब उनले कोरोनालाई जितेकी छिन्। हामी सबै खुशी छौँ।”
यसअघि यी युवतीसँगै बेल्जियमबाट बागलुङ आएकी ६५ वर्षीया महिला सोही अस्पतालबाट कोरोनालाई जितेर घर फर्किसकेका छन्।
काठमाडौँ बाहिर कोरोना संक्रमित भेटिएको बागलुङ दोस्रो जिल्ला हो। गत चैतमा बेल्जियमबाट कतार हुँदै बागलुङ आएका दुईजनामा जाँच गर्दा पाँच दिनका बीचमा कोरोनाको संक्रमण रहेको पुष्टि भयो।
यसभन्दा पहिला कैलालीमा एक युवकमा कोरोनाको संक्रमण पुष्टि भएको थियो। बाँकी तीन जना काठमाडौंमै थिए। १५च ैतमा देशकै पाँचौं संक्रमित बागलुङकी युवतीमा कोरोनाको संक्रमण पुष्टि भयो। त्यसपछि छैटौँ संक्रमित पनि बागलुङकै ६५ वर्षीया भइन्।
उनमा २० चैतमा कोरोना संक्रमणको पुष्टि भएको हो। त्यसपछि भएका लगातारका जाँचमा दुई पटकसम्म कोरोनाको जाँच नेगेटिभ आएपछि उनी ६ वैशाखमा घर फर्किसकेकी छन्।
उनीभन्दा पाँच दिन पहिला अञ्चल अस्पतालको आइसोलेसनमा भर्ना भएकी युवतीको पनि पाँचौं पटकको थ्रोट स्वाब जाँचमा आज कोरोना नेगेटिभ आएको छ।
“यो उहाँ निको हुनुभयो भन्ने संकेत हो”, अस्पतालका प्रमुख डा. पोखरेलले भने, “मेडिकल साइन्सका अनुसार ४८ घण्टामा अर्को जाँच हुन्छ।”
४८ घण्टाभित्रै हुने जाँचमा पुनः नेगेटिभ आएमा अस्पतालले घर पठाउने छ। उनको प्रादेशिक प्रयोगशाला, गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थ्रोट स्वाबको परीक्षण भएको हो। शुरूदेखि नै कुनै संकेत नदेखिएकी उनी निको भइसकेको चिकित्सक बताउँछन्।
विश्व स्वास्थ्य संगठनको प्रोटोकलअनुसार समयसीमा राखेर बिरामीको थ्रोट स्वाब संकलन र त्यसको नतिजाका आधारमा औषधोपचार हुने पोखरेलले बताए। उनमा १५ चैतमा कोरोना भाइरस पोजिटिभ भएको पुष्टि भएको थियो।
चार पटकसम्म पोजिटिभ देखिए पनि पाँचौं पटक हिजो पठाइएको स्वाबको आजको रिपोर्टमा नेगेटिभ आएको हो। यो रिपोर्टपछि अञ्चल अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी पनि खुशी भएका छन्। युवती पनि सञ्चो भएर घर फर्केपछि बागलुङमा कोराना संक्रमित रहने छैनन्।
जिल्लाका एक हजार जनामा आरडीटी भएको छ। उनीहरूको पनि नेगेटिभ रिपोर्ट आएको थियो। भारत र अन्य देशबाट आएकाहरू क्वारेन्टाइनमा राखिएपछि गरिएको परीक्षणमा नेगेटिभ आएपछि घर फर्केका छन्। जमुनावर्षा शर्मा र तारानाथ आचार्य/रासस