काठमाडौं। तीन साताअघि पर्सा राष्ट्रिय निकुञ्जमा नेपाली सेना र तस्करबीच भिडन्त भयो। लकडाउनको मौका छोपेर हतियारसहित निकुञ्ज प्रवेश गरेका ११ जनाको समूह र गस्तीमा रहेको सेनाबीच फायरिङ हुँदा हेटौंडा उप–महानगरपालिका–१३ पदमपोखरीका ३५ वर्षीय भीमलाल मोक्तानको मृत्यु भयो।

भिडन्तमा नेपाली सेनाका जमदार मिनबहादुर छन्त्याल घाइते भए। सेनाको टोलीले तस्कर समूहका मकवानपुरकै मोहनसिंह दोङसहित दुईथान बन्दुक र बन्दोबस्तीका सामान बरामद गर्‍यो।

लकडाउनकै बीचमा मोरङको एक सामुदायिक वनमा शिकारी र सशस्त्र प्रहरीको टोलीबीच पनि दुई साताअघि गोली हानाहान भयो। वन्यजन्तुको अवैध शिकार गर्न पसेका शिकारी र सशस्त्र प्रहरीबीच सुन्दरहरैंचा नगरपालिका–८, सलकपुर सामुदायिक वन क्षेत्रमा भएको भिडन्तमा मानवीय क्षति भने भएन। सशस्त्र प्रहरीले तीन जनालाई दुई नाल भरुवा बन्दुकसहित नियन्त्रणमा लियो।

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको देवीदल गणले लकडाउनको अवधिमा ३२८ जना मानिसहरू पक्राउ गर्‍यो। उनीहरूमाथि निकुञ्ज क्षेत्रबाट काठ तस्करी गर्ने, वन्यजन्तुलाई पासो थाप्ने लगायतको आरोप छ।

चितवन राष्ट्रिय निकुञ्जले पनि यो अवधिमा करीब ३०० जनालाई पक्राउ गरेर कारबाही गरेको छ। वन्यजन्तुलाई पासो थाप्नेदेखि काठ तस्करी गर्ने व्यक्तिहरू पक्राउ परेको निकुञ्जले जनाएको छ।

लकडाउनको लाभ उठाउन सक्रिय

यी घटनाले देखाउँछन्, कोभिड–१९ को विस्तार रोक्न भन्दै ११ चैत २०७६ देखि गरिएको लकडाउनको मौका छोपेर अहिले निकुञ्ज, वन्यजन्तु आरक्ष र वन क्षेत्रमा वन्यजन्तुको अवैध शिकार र काठ तस्करी गर्नेहरू सक्रिय छन्। कुनै आन्दोलन, राजनीतिक परिवर्तन वा संकटका बेला वन मास्ने र वन्यजन्तु मारेर कमाउने गिरोह सक्रिय हुने गर्छ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको देवीदल गणका प्रमुख सेनानी राजु बस्न्यात लकडाउनका क्रममा तस्करको समूह सक्रिय रहेको बताउँछन्। “अरु समयमा भन्दा अहिले धेरै व्यक्तिहरू सक्रिय रहेका छन्,” उनले भने। उनले अवैध क्रियाकलापमा संलग्नलाई कानूनी दायरामा ल्याउन निगरानी बढाइएको बताए।

“निकुञ्जभित्र विभिन्न ठाउँमा वन्यजन्तु शिकार गर्न पासोसमेत थापेको भेटिएको छ,” उनले भने, “हामीले अहिले अरु समयभन्दा बढी गस्ति र निगरानी बढाएका छौँ।”

कञ्चनपुर र कैलालीका राष्ट्रिय वन तथा सामुदायिक वन क्षेत्रमा पनि काठ तस्करी गर्ने समूह सक्रिय रहेको छ। डिभिजन वन कार्यालयले काठ तस्करी गर्ने व्यक्तिहरू पक्राउ गरेर कारबाही गरिएको जनाएको छ।

लकडाउनका समयमा तराईका जिल्लाहरूमा तस्करको समूह सक्रिय भएको देखिन्छ। धेरै मानिसहरू घरमै बसेको अवस्थामा तस्करहरू वन्यजन्तुको अवैध शिकार र काठ तस्करीका लागि सक्रिय रहेको संरक्षणकर्मीहरू बताउँछन्।

लकडाउनमा वन्यजन्तुको अवैध सिकार तथा काठ तस्करी बढेपछि अहिले देशैभरका निकुञ्ज, आरक्ष तथा वन क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेती पनि लकडाउनका समयमा अवैध शिकारी र तस्करहरूको समूह थप सक्रिय देखिएको बताउँछन्। “हामीले दिनहुँ पक्राउ गरिरहेकै छौँ”, उनले भने, “थप सुरक्षा सतर्कता अपनाउँदै गस्ती तीव्र बनाइएको छ।” उनले ड्रोन क्यामेराको प्रयोगसहित मोटरसाइकल, साइकल र पैदल गस्ती बढाइएको बताए। यो अवधिमा १०० भन्दा बढी पक्राउ परेको उनी बताउँछन्।

लकडाउनका कारण वन्यजन्तुको अवैध शिकार गर्ने र काठ तस्करी गर्ने क्रम बढेपछि वन तथा वातावरण मन्त्रालय र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पनि देशैभरका निकायलाई निगरानी र सतर्कता बढाउन भनेका छन्।

वन तथा वातावरण मन्त्रालयले लकडाउनका समयमा हुने तस्करी नियन्त्रण गर्नका लागि पत्राचार गरेको छ। मन्त्रालयका प्रवक्ता डा.सिन्धुप्रसाद ढुंगानाले मन्त्रीस्तरीय निर्णय गरेर वन तथा वन्यजन्तुको संरक्षणका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सबै प्रदेशका मुख्यमन्त्री कार्यालयमा पत्राचार गरिएको बताए।

“अहिले डिभिजन कार्यालय र कर्मचारी पनि प्रदेश मातहत नै छन्,” उनले भने, “मन्त्रालय फ्रन्टलाइनमा छैन। तर, हामीले नियन्त्रणका लागि पत्राचार गरेका छौँ।” लकडाउनको मौका छोपेर तस्करी र वन्यजन्तुको अवैध शिकार गर्ने समूहको सक्रियता बढेको पाइएको उनी बताउँछन्।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी विष्णुप्रसाद श्रेष्ठले निकुञ्ज तथा आरक्षहरूमा सुरक्षा निगरानी बढाउन निर्देशन दिइएको बताए। “शुरूआतदेखि नै तस्करको समूह सक्रिय भएको छ”, उनले भने, “अहिले अन्य समयको भन्दा निगरानी बढाइएको छ।”

सुरक्षा निकाय र अन्य पदाधिकारीहरूको ध्यान कोभिड–१९ मा केन्द्रित भएका बेला तस्करको सक्रियता बढेको विभागको बुझाइ छ।

" /> काठमाडौं। तीन साताअघि पर्सा राष्ट्रिय निकुञ्जमा नेपाली सेना र तस्करबीच भिडन्त भयो। लकडाउनको मौका छोपेर हतियारसहित निकुञ्ज प्रवेश गरेका ११ जनाको समूह र गस्तीमा रहेको सेनाबीच फायरिङ हुँदा हेटौंडा उप–महानगरपालिका–१३ पदमपोखरीका ३५ वर्षीय भीमलाल मोक्तानको मृत्यु भयो।

"> लकडाउनमा सक्रिय भए काठ र वन्यजन्तु तस्कर, निशानामा तराईको वन : Dekhapadhi
लकडाउनमा सक्रिय भए काठ र वन्यजन्तु तस्कर, निशानामा तराईको वन

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्