गुमनाम बनेका नायक जीवन लुइँटेल एकाएक लाइभमा आएपछि...
काठमाडौं। नायक जीवन लुइँटेल कुनैताका निकै चर्चित थिए। चलचित्र नाइँ नभन्नु ल १ र २, बिन्दास, स्टुपिड मन, अन्दाजलगायतमा उनको अभिनयको निकै प्रशंसा हुने गरेको थियो। तर, पछिल्लो समय उनी गुममानजस्तै छन्। आजभन्दा तीन वर्ष अघि अमेरिका हानिएका उनी त्यहाँ के गर्दैछन्, कहाँ बसेका छन्, धेरैलाई चासोकाे विषय बनेको थियो।

कोरोना भाइरसको महामारीका बेला उनी एकाएक सामाजिक सञ्जालमा देखिएका छन्। अमेरिकाको साउथ क्याराेलाइना राज्यमा बस्दै आएका जीवनले फेसबुक लाइभमार्फत् सबैलाई सुरक्षित भएर बस्न अनुरोध गरेका छन्।

"नेपालमा रहेका सबै नेपालीहरू सुरक्षित रहनुहोला। हामी जो जहाँ छरिएका छौं, स्वस्थ्य तरिकाले बसौं, सबै सुरक्षित तरिकाले बसौं," उनले भनेका छन्।

कोरोना भाइरसबारे समाचारमा देखिए जस्तो स्थिति यहाँ बस्दा अनुभव नगरिएको उनको भनाइ छ। अमेरिकाको न्यूयोर्क, सिकागो, क्यालिफोर्नियालगायत राज्यमा एकदमै डरलाग्दो स्थिति रहे पनि आफू बस्ने क्षेत्रमा खासै ठूलो समस्या नरहेको उनी बताउँछन्।

नेपालमा जुन रूपले संक्रमितको संख्या बढिरहेको छ, त्यसले भयावह अवस्था निम्त्याउन सक्ने भन्दै त्यसतर्फ सबैलाई सचेत रहन उनले आग्रह गरेका छन्। भने, "नेपालको स्वास्थ्य संरचना, प्रणाली नै धान्न सक्ने खालको छैन, जसले गर्दा बढी समस्या निम्तिन सक्छ। हाम्रो चिन्ता गर्दागर्दै तपाईहरूले आफ्नो पनि चिन्ता गर्नुहोला।"

लकडाउनका बेला बढीभन्दा बढी योग तथा ध्यानमा केन्द्रित हुन सबैमा उनले अनुरोध गरेका छन्।

२०७३ मा चलचित्र राधामा सञ्चिता लुइँटेलसँगको अभिनयपछि जीवन नेपाली चलचित्र क्षेत्रमा देखिएका छैनन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्