जनकपुरधाम। देश लकडाउन भएपछि प्रदेश २ मा भारतबाट लुकीछिपी एक हजार बढी व्यक्ति प्रवेश गरेका छन्।
तीमध्ये सबैभन्दा बढी पर्सामा ३४३, सर्लाहीमा ३३३, सप्तरीमा १४५, सिरहामा १५४, धनुषामा ९१, महोत्तरीमा १५०, बारामा ८३ र रौतहटमा १४१ जना प्रवेश गरेका सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले आज पत्रकार सम्मेलनमा जानकारी गराए।
यस प्रदेशअन्तर्गतका आठवटै जिल्ला भारतसँग जोडिएका रहेकाले बढी सचेत रहनुपर्ने अवस्था देखिएको छ।
भारतबाट प्रवेश गरेका मानिसलाई क्वारेन्टाइन, होम क्वारेन्टाइन र आइसोलेसनमा राखिएको छ।
भारतबाट प्रवेश हुन नदिनका लागि स्थानीयले सचेत हुनुपर्ने, स्थानीय प्रहरी र नगर वा गाउपालिका, वडा कार्यालय र समाजिक विकास मन्त्रालयमा खबर गर्न उनले सुझाव दिएका छन्।
यसैबीच लकडाउनका कारण कृषि क्षेत्र प्रभावित भएकाले कृषिजन्य पदार्थको ढुवानीका लागि भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले कोभिड-१९ र्यापिड रेसपोन्स टिमलाई क्रियाशील गरेको छ। रासस
" /> जनकपुरधाम। देश लकडाउन भएपछि प्रदेश २ मा भारतबाट लुकीछिपी एक हजार बढी व्यक्ति प्रवेश गरेका छन्।तीमध्ये सबैभन्दा बढी पर्सामा ३४३, सर्लाहीमा ३३३, सप्तरीमा १४५, सिरहामा १५४, धनुषामा ९१, महोत्तरीमा १५०, बारामा ८३ र रौतहटमा १४१ जना प्रवेश गरेका सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले आज पत्रकार सम्मेलनमा जानकारी गराए।

">