काठमाडौं। सरकारका प्रवक्ता एवं अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले लुकिछिपी नेपाल आउनेका कारण कोरोना भाइरस संक्रमणको जोखिम बढेको बताएका छन्।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले खुला सीमानाका कारण लकडाउनका बेला पनि मानिसहरू नेपाल भित्रिरहेको उल्लेख गर्दै जोखिम औंल्याएका हुन्।
उनले सरकारले छिमेकी मुलुकहरूमा कोरोना भाइरसको जोखिमको अवस्था हेरेर मात्र लकडाउनका खोल्ने विषयमा निर्णय गर्ने पनि बताए।
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोमिख नेपालमा पनि रहेकाले लकडाउन खोल्ने निर्णय एकपक्षीय रूपमा गर्न नसकिने मन्त्री खतिवडाले बताएका हुन्।
“छिमेकी मुलुकहरूमा यसको नियन्त्रणको अवस्था कस्तो छ। जोखिमको अवस्था नहेरी एकपक्षीय ढंगले निर्णय गर्ने अवस्था रहँदैन”, मन्त्री खतिवडाले भने।
मन्त्री खतिवडाले छिमेकी मुलुकमा कोरोना रोकथामको प्रयास र नेपालमा स्वास्थ्य उपचारको पूर्वतयारी, स्वास्थ्य परीक्षणका विधि, उपकरण तथा स्वास्थ्यकर्मी अवस्थालाई ध्यानमा राखेर लकडाउन खुल्ने स्पष्ट पारे।
नागरिकहरूमा कोरोनाप्रति चेतनाको विकास कति भयो भन्ने कुराले पनि प्रभाव पार्ने उल्लेख गर्दै उनले जोखिममुक्त छौँ भन्ने भएपछि मात्रै खोल्ने निर्णय हुने बताए।
मन्त्री खतिवडाले असंगठित क्षेत्रमा कार्यरत श्रमिकहरूलाई काममा आवद्ध गर्न आधारभूत उद्योग, विकास निर्माणका काम र केही सेवा क्षेत्रहरू खुला गर्ने तयारी सरकारले गरेको पनि बताए।
" /> काठमाडौं। सरकारका प्रवक्ता एवं अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले लुकिछिपी नेपाल आउनेका कारण कोरोना भाइरस संक्रमणको जोखिम बढेको बताएका छन्।मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले खुला सीमानाका कारण लकडाउनका बेला पनि मानिसहरू नेपाल भित्रिरहेको उल्लेख गर्दै जोखिम औंल्याएका हुन्।

">