काठमाडौं। कतारका विभिन्न जेलमा रहेका १७ नेपालीले आममाफी पाएका छन्।
कोभिड-१९ का कारण कैदीहरूको स्वास्थ्य र मानवीय अवस्थालाई ध्यानमा राखेर कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले केही कैदीहरूलाई आममाफी दिने निर्णय गरेका थिए।
जसमा १७ जना नेपाली पनि रिहा भएको दोहास्थित् नेपाली दूतावासले जनाएको छ। अब कतारको बन्दीगृहमा रहेका १७ जना नेपाली रिहा हुनेछन्।
रिहा हुनेहरूमा १३ जना लागूऔषध कोरोबार, दुई जना चोरी, एक जना मादक पदार्थ कारोबार र अर्का एक जना ठगीको कसुरमा सजाय भुक्तान गरिरहेकाहरू रहेको दूतावासले जनाएको छ।
यसैबीच, दूतावासले कतारमा रहेका सबैलाई अनिवार्य मास्क लगाउन आग्रह गरेको छ।
कतारको मन्त्रिपरिषद्ले २३ अप्रिलदेखि लागू हुने गरी सरकारी र निजी क्षेत्रका कर्मचारी तथा सेवाग्राही, व्यापारी तथा किनमेलकर्ता, सेवा तथा निर्माण क्षेत्रमा काम गर्ने व्यक्ति तथा कामदारहरूले गरी अनिवार्यरूपमा मास्क लगाउनु पर्ने निर्णय गरेको छ।
उल्लेखित निर्देशन पालना नगरेको खण्डमा सन् १९९० को कानून नं. १७ बमोजिम अधिकतम तीन वर्ष जेल सजाय वा कतारी रियाल दुई लाखसम्म जरिवाना वा दुवै सजाय हुने उल्लेख भएको हुनाले यस निर्देशनको पालना गर्नु/गराउनु हुन नराजदूतावासले कतारमा बसोबास गर्ने सबै नेपालीमा अपील गरेको छ।
" /> काठमाडौं। कतारका विभिन्न जेलमा रहेका १७ नेपालीले आममाफी पाएका छन्।कोभिड-१९ का कारण कैदीहरूको स्वास्थ्य र मानवीय अवस्थालाई ध्यानमा राखेर कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले केही कैदीहरूलाई आममाफी दिने निर्णय गरेका थिए।

">