काठमाडौं। दोस्रो जनआन्दोलनको सफलतासँगै स्थापित लोकतन्त्रले १४ वर्ष पूरा गरेको छ। लोकतन्त्र आउँदै गर्दा बाल्यावस्थामा रहेकाहरू पनि अहिले किशोरावस्थाको उपल्लो तहमा छन्। यी हुर्कँदा युवाले आफ्नो बाल्यकालमा स्थापित हुँदै गरेको लोकतन्त्रलाई खासगरी राजतन्त्र उन्मूलनसँग जोडेर बुझ्ने गरेका छन्।
भक्तपुर, जितपुरकी २० वर्षीया इन्दु खड्कालाई लोकतन्त्र दिवस राजा हटेको दिन हो भन्ने लाग्छ। उनको विचारमा लोकतन्त्र भनेको राजतन्त्रको ठाउँमा प्रधानमन्त्रीको शासन व्यवस्था स्थापित हुनु हो। भन्छिन्, “लोकतन्त्र आएपछि नेपालमा राम्रै परिवर्तन भयो। राजालाई हटाएर प्रधानमन्त्रीको शासन व्यवस्था आयो।”
काठमाडौं छाउनीका २५ वर्षीय विपिन कार्कीको पनि लोकतन्त्रबारेको बुझाइ इन्दुको जस्तै छ। “जनआन्दोलनपछि राजा ह्टयो, अनि देशमा लोकतन्त्र आएर संघीय लोकतान्त्रिक पद्धति स्थापना भयो,” उनी भन्छन्, “शाहीकालमा बोल्न पाइँदैनथ्यो रे, अहिले बोल्न पाइन्छ। यही त हो। अरू परिवर्तन भएको देख्दिनँ।”
पक्कै पनि दोस्रो जनआन्दोलनपछि स्थापित लोकतन्त्रले देशलाई गणतन्त्रतर्फ डोर्यायो। तर, लोकतन्त्रको उपलब्धि व्यवस्था परिवर्तन मात्र थिएन।
दोस्रो जनआन्दोलनको सफलतासँगै देशमा संघीयता, समावेशीपन जस्ता मुद्दा सतहमा आए। क्षेत्रीय, जातीय र लैंगिकरूपमा अधिकारविहीन बनाइएका वर्ग, समुदायले आफ्ना माग राख्न पाए। उनीहरूको मुद्दालाई सम्बोधन गर्ने गरी संविधानको निर्माण भयो।
तर, यसरी स्थापित लोकतन्त्रको विशेषता, प्रक्रिया र महत्त्वबारे बुझ्ने युवा कम छन्। कमै मात्रामा भए पनि ती युवा भने गहिराइमा पुगेर विश्लेषण गर्छन्। तीमध्ये एक हुन्, युवा पत्रकार एवं लेखक रोहेज खतिवडा। उनी लोकतान्त्रिक शासन व्यवस्थालाई अन्य शासन प्रणालीसँग तुलना गरेर बुझ्छन्। उनको विचारमा लोकतन्त्र स्थापना हुनु र चुनाव हुनु मात्र साँचो लोकतान्त्रिक अभ्यास होइन।
रोहेजको विचारमा शासन प्रशासनको केन्द्रमा नागरिकलाई राख्ने पद्धति नै लोकतन्त्र हो। आवधिक निर्वाचन, अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता आदि यसका अवयव हुन्। लोकतन्त्र शासन व्यवस्था मात्रै नभई अभ्यास र व्यवहार पनि भएको उनको ठम्याइ छ।
“हाम्रो अभ्यास र व्यवहार लोकतान्त्रिक छैन भने आवधिक निर्वाचन र संविधानका व्यवस्थाले मात्रै लोकतन्त्र रहेको प्रत्याभूत हुन सक्दैन। लोकतन्त्र हुनका लागि नागरिकहरू स्वतन्त्र हुनुपर्छ र राज्यले नागरिकलाई गर्ने व्यवहार समान हुनुपर्छ,” उनी भन्छन्, “संविधान जारी भएर निर्वाचन भइसकेपछि बनेको सरकारले बौद्धिक जगत्, प्रेस र अभिव्यक्ति स्वतन्त्रतामाथि कतै न कतैबाट नियन्त्रण गर्ने मनसाय राखेको देखिन्छ। त्यो हामीले परिकल्पना गरेको लोकतन्त्र होइन। हामीले परिकल्पना गरेको लोकतन्त्र अभिव्यक्ति स्वतन्त्रता, नागरिकहरूप्रति राज्यले गर्ने समान व्यवहार र स्वतन्त्र नागरिकसहितको व्यवस्था हो।”
रोहेजले जत्तिकै गहिरोसँग विश्लेषण नगरे पनि भक्तपुर सुडालका ओमकृष्ण साखकर्मी पनि लोकतन्त्र सोचेजस्तो हुन नसकेको गुनासो गर्छन्।
“जनताद्वारा जनताका लागि शासन गर्ने भनिएको छ। तर, त्यस्तो पाइएको छैन। जनताद्वारा भयो, जनताका लागि काम भएन”, उनी भन्छन्, “कैयौँ बलात्कारका केस आए, तर दोषी समातिएन। भ्रष्टाचार गर्नेले सफाइ पाइरहेका छन्।”
ओमका अनुसार अहिले गाउँगाउँका मानिसहरूको जीवनस्तर सुधारिएको देखिन्छ। एक हिसाबले देश विकास भएको अनुभूति हुन्छ। तर, यो विकास सरकारले गर्दा नभएको उनले सुनाए।
भन्छन्, “गाउँगाउँका मानिसहरू ऋण काढेर विदेश गएका छन्। उता कमाएको पैसा ल्याएर यता छोराछोरी बोर्डिङ पढाएका छन्। सुकिलो मुकिलो भएका छन्। यो विश्वको विकाससँगै बढारिएको हो नेपाल। सरकारले गर्दा होइन।”
" /> काठमाडौं। दोस्रो जनआन्दोलनको सफलतासँगै स्थापित लोकतन्त्रले १४ वर्ष पूरा गरेको छ। लोकतन्त्र आउँदै गर्दा बाल्यावस्थामा रहेकाहरू पनि अहिले किशोरावस्थाको उपल्लो तहमा छन्। यी हुर्कँदा युवाले आफ्नो बाल्यकालमा स्थापित हुँदै गरेको लोकतन्त्रलाई खासगरी राजतन्त्र उन्मूलनसँग जोडेर बुझ्ने गरेका छन्।भक्तपुर, जितपुरकी २० वर्षीया इन्दु खड्कालाई लोकतन्त्र दिवस राजा हटेको दिन हो भन्ने लाग्छ। उनको विचारमा लोकतन्त्र भनेको राजतन्त्रको ठाउँमा प्रधानमन्त्रीको शासन व्यवस्था स्थापित हुनु हो। भन्छिन्, “लोकतन्त्र आएपछि नेपालमा राम्रै परिवर्तन भयो। राजालाई हटाएर प्रधानमन्त्रीको शासन व्यवस्था आयो।”

">