काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमितको संख्या ४७ पुगेको छ। तीमध्ये ९ जना निको भएर घर फर्किसकेका छन्।
उपचार गराइरहेकाहरूमा प्रदेश १ मा मात्र २८ जना छन्। सबै संक्रमित उदयपुर त्रियुगा नगरपालिका-३ भुल्केमा भेटिएका हुन्।
विराटनगरस्थित् कोशी अस्पतालको आइसोलेसनमा उपचाररत् उनीहरूमध्ये १६ नेपाली र १२ भारतीय रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सूचना डेस्कले बताएको छ।
५ वैशाखमा ११ जना भारतीय नागरिकसहित १२ जनामा कोरोना संक्रमण विस्फोटको रूपमा देखापरेपछि उदयपुर एकैपटक ‘रेड जोन’ मा पुगेको थियो।
एकसाता नपुग्दै २८ जनामा संक्रमण पुष्टि भइसकेको छ।
जोखिम स्थल बनेको उदयपुर जिल्लालाई ९ वैशाखदेखि ‘सिल’ गरेर प्रतिकार्यका काम भइरहेका छन्।
समुदायस्तरमै संक्रमण फैलिएको त्यहाँ कोभिड-१९ नियन्त्रण गर्न तीन रणनीति तय गरिएको छ।
प्रदेश १ सामाजिक विकास मन्त्रालयले विज्ञसहित गरेको छलफलपश्चात् विभिन्न ‘टास्क फोर्स’ बनाएर अगाडि बढ्ने निष्कर्ष निकालेको हो।
“हामीले ‘ट्रयाकिङ’, ‘ट्रेसिङ’ र ‘टेष्टिङ’ लाई मूल मन्त्र मानेर सबै स्रोत तथा साधन परिचालन गर्ने भएका छौं”, सामाजिक विकास मन्त्री जीवन घिमिरेले देखापढीसँग भने।
‘ट्रयाकिङ’ अन्तर्गत् संक्रमित र सम्भावित संक्रमित व्यक्तिहरूको आवतजावत भएको ठाउँहरू यकिन गरी त्यस क्षेत्रमा निगरानी बढाइनेछ। त्यसका लागि प्रत्यक्ष सोधपुछसँगै प्रविधिको प्रयोग गरिनेछ।
त्यस्तै ‘ट्रेसिङ’ रणनीतिमा कोरोना भाइरस पोजिटिभ देखिएका व्यक्ति, तिनका परिवार र नजिक सम्पर्कमा आएका व्यक्तिहरू पत्ता लगाई परीक्षणको दायरा बढाइने छ।
संक्रमित व्यक्तिहरूको आवतजावत गरेको ठाउँ र सम्पर्कमा रहेका व्यक्तिहरूको पूर्ण पहिचानपश्चात् मात्र कुन व्यक्तिलाई कति अवधिमा कस्तो खालको परीक्षण गर्ने भनेर विज्ञहरूको सुझावमा तेस्रो रणनीतिको रूपमा ‘टेष्टिङ’ गर्ने तय भएको छ।
“परीक्षण गर्ने भनेर भेटेजति सबैलाई गर्ने कुरा पनि भएन”, मन्त्री घिमिरेले भने, “पहिला उनीहरू कहाँ-कहाँ गए, को-को सँग सम्पर्क गरे भन्ने यकिन गर्छौँ अनि मात्र परीक्षणको योजना बनाउँछौं। घेराघेरा बनाएर परीक्षण गर्छौं।”
परीक्षणका लागि चाहिने सामग्री र प्राविधिकसमेत सीमित भएको उनले बताएका छन्।
उनी भन्छन्, “नमूना संकलन र परीक्षणका लागि आवश्यक पार्ने सामानहरू विश्वभर नै अपुग भइरहेको अहिलेको अवस्थामा हामीले त्यसमा पनि ध्यान दिनुपर्छ। त्यही भएर हामी योजनावद्ध ढंगले ‘मास टेष्ट’मा लाग्छौँ।”
आज उदयपुर सदरमुकाम गाइघाट पुगेका घिमिरेले जनप्रतिनिधि, प्रशासन, सुरक्षा निकायका प्रमुख, राजनीतिक दल, स्वास्थ्यकर्मीलगायतसँग त्यहाँको पछिल्लो अवस्थाको जानकारी लिएका छन्।
प्रदेश १ कोभिड-१९ निगरानी, प्रतिवेदन तथा अनुगमन सचिवालय एवं मोरङ जनस्वास्थ्य प्रमुख ज्ञानबहादुर बस्नेतका अनुसार थप संक्रमण फैलिन नदिन यी रणनीति कार्यान्वयनका लागि स्वास्थ्य मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र प्रदेशका स्वास्थ्य अधिकारी सम्मिलित संयुक्त कार्यदल बनाइएको छ।
विश्व स्वाथ्य संगठन (डब्लूएचओ) का प्रतिनिधिसमेत सम्मिलित कार्यदल आजैदेखि परिचालन भएको बस्नेतले जानकारी दिए।
“जोखिमको उच्च अवस्थालाई आकलन गरेर हामी ‘ग्राउण्ड रियालिटी’ मा केन्द्रित हुँदैछौं। अहिले संक्रमणको पहिचान भइसकेकाहरूको सम्पर्क र आवतजावत अध्ययन गर्दा उदयपुर मात्र होइन सप्तरी, सुनसरी र विराटनगरका केही ठाउँलाई ‘हट स्पट’ बनाएर काम गर्दैछौँ”, बस्नेतले देखापढीसँग भने।
यसैबीच, आज भुल्केबस्तीसँगै सीमा जोडिएको क्षेत्रका ७८ जनाको थ्रोट स्वाब नमूना लिइएको उदयपुर स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले बताए।
दुईवटा टोलीले चौदण्डीगढी नगरपालिका-५ सिवाई र त्रियुगा-२ मोतिगढा क्षेत्रबाट नमूना संकलन गरेर विराटनगरस्थित ल्यावमा परीक्षणका लागि पठाइएको छ।
“आज संकलन गरेको नतिजा के आउँछ। यसको आधारमा कहाँ कसरी थप परीक्षण गर्ने भन्ने योजना बनाउँछौं”, सुवेदीले भने।
यसअघि भुल्केबस्तीमै ३२० जनाको थ्रोट स्वाब नमूना संकलन भइसकेको छ।
त्यसमध्ये ६९ जनाको प्रदेश जनस्वास्थ्य प्रयोगशाला र बाँकीको छाउनीस्थित् नेपाली सेनाको प्राविधिक टोली गएर संकलन गरेको हो।
" /> काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमितको संख्या ४७ पुगेको छ। तीमध्ये ९ जना निको भएर घर फर्किसकेका छन्।उपचार गराइरहेकाहरूमा प्रदेश १ मा मात्र २८ जना छन्। सबै संक्रमित उदयपुर त्रियुगा नगरपालिका-३ भुल्केमा भेटिएका हुन्।

">