कांग्रेस सभापति देउवाद्वारा ‘जनता समाजवादी पार्टी’ लाई शुभकामना
<p>काठमाडाैं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीय संसद्‍मा प्रतिनिधित्व गरेका दुई राजनीतिक दल ‘समाजवादी पार्टी’ र ‘राष्ट्रिय जनता पार्टी नेपाल’ बीच एकता भएर ‘जनता समाजवादी पार्टी’ बनेकोमा खुशी व्यक्त गरेका छन्।</p>
<p>उनले आज एक वक्तव्यमार्फत् ती दुई पार्टीको एकीकरणले बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणालीलार्ई मजबुत बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्।</p>
<p>सभापति देउवाले नवगठित ‘जनता समाजवादी पार्टी’ का नेतृत्व तथा सो पार्टीसँग आबद्ध सबैमा कांग्रेस र आफ्नो व्यक्तिगत तर्फबाट बधाई एवं शुभकामना व्यक्त गरे।</p>
<p>ती दुवै दलले हिजाे, १० वैशाख राति पार्टी एकताको सहमति गरी आज निर्वाचन आयोग र संघीय संसद् सचिवालयमा जानकारी गराएका छन्। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्