काठमाडौं। चीनको हुबेई प्रान्तस्थित् वुहान शहरबाट फैलिएको कोरोना भाइरस संक्रमण अहिले विश्वव्यापी महामारी बनेको छ।
छिमेकी देश नेपालमा यसको प्रवेश चाँडै भए पनि संक्रमण फैलिएन। पछिल्ला दिनमा भने संक्रमित बढिरहेका छन्। नेपालमा कोरोना भाइरस संक्रमितको संख्या आज साँझसम्म ४८ जना पुगेको छ।
नेपालमा पहिलोपटक चीनको वुहानबाटै आएका विद्यार्थीमा १० माघमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। जतिबेला पुष्टि भयो, त्यतिबेला उनी डिस्चार्ज भइसकेका थिए। उनमा कुनै लक्षण थिएन।
त्योबेला अहिलेजस्तो सहज परीक्षण थिएन, परीक्षणका लागि स्वाब हङकङ पठाउनुपर्थ्यो। तर, पोजिटिभ देखिएपछि उनी चिकित्सकको प्रत्यक्ष निगरानीमा थिए। उनको कुनै विवरण खुलाइएको छैन।
त्यसको लामो समयसम्म नेपालमा कोरोना संक्रमणको नयाँ केस देखिएन।
१० चैतमा मात्र नेपालमा दोस्रो केस देखियो। उनी थिइन् काठमाडौंकी प्रसिद्धी श्रेष्ठ। उनी फ्रान्सबाट कतारको दोहा हुँदै ४ चैतमा नेपाल आएकी थिइन्। कोरोना संक्रमणको कुनै लक्षण नदेखिएपनि उनी होम क्वारेन्टाइनमा बसेकी थिइन्।
उनीसँगै यात्रा गरेकी भियतनामी साथीमा संक्रमण देखिएपछि उनी आफैं अस्पतालको सम्पर्क पुगेकी थिइन्। २७ दिन लामो अस्पताल बसाइँपछि उनी कोरोनालाई जितेर ६ वैशाखमा घर फर्किन्।
यी दुई जना मात्र होइन, नेपालमा कोरोना भाइरस संक्रमण देखिएका ४८ मध्ये आजसम्म १० जना निको भएर घर फर्किसकेका छन्। बागलुङकी अंशु सापकोटाको पाँचौं रिपोर्ट नेगेटिभ आएको छ। र, उनको छैटौँ रिपोर्ट भोलि आउनेछ। त्यो पनि नेगेटिभ आयो भने उनी समेत डिस्चार्ज हुनेछिन्।
बागलुङ नगरपालिका–४ कुडुलेकी १९ वर्षीया सापकोटा बेल्जियमबाट ४ चैतमा कतार एअरवेजको क्युआर ६५२ को जहाजबाट नेपाल आएकी थिइन्। १५ चैतमा कोरोना पोजिटिभ देखिएपछि उनी धौलागिरि अस्पतालको आइसोलेसन वार्डमा उपचाररत् छन्।
आज मात्रै तीन जना बिरामी निको भएर घर फर्किएका छन्।
सुदूरपश्चिममा चौंथो कोरोना संक्रमित महिला कैलालीको लम्कीचुहा नगरपालिका–१ कि ५० वर्षीया पाना बिक आज डिस्चार्ज भइन्।
वीरगञ्जबाट आएर १२ दिन क्वारेन्टाइनमा बसेकी उनलाई २२ चैतमा कोरोना संक्रमण पुष्टि भएको थियो।
१७ चैतमा ३५ जनासहित वीरगञ्जदेखि बसबाट कैलालीको लम्कीस्थित् घर आइपुगेकी ती महिलाको रिपोर्ट पोजिटिभ देखिएपछि १ वैशाखमा सेती प्रादेशिक अस्पताल भर्ना भएकी थिइन्।
आजै सनसिटी अपार्टमेन्टमा बस्ने ८१ वर्षीया महिला र उनका ५८ वर्षीय छोरा डिस्चार्ज भए। ५ चैतमा बेलायतबाट आएका उनीहरूमा २ वैशाखमा कोरोना संक्रमण पुष्टि भएको थियो। उनीहरूसँगै आएकी बुहारीको र्यापिड टेस्टमा पोजिटिभ देखिए पनि पीसीआर विधिबाट गरिएको परीक्षण रिपोर्ट नेगेटिभ आएको थियो।
यसअघि नेपालमा कोभिड–१९ देखिएका तेस्रो व्यक्ति धादिङका ३२ वर्षीय उरबहादुर तामाङ हिजो १० वैशाखमा डिस्चार्ज भए। तेस्रो र चौंथो स्वाब परीक्षण नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरियो।
उनी यूएईको सारजाँह एअरपोर्ट हुँदै एअर अरेबियाको उडानबाट ६ चैतमा काठमाडौं ओर्लिएका थिए। उनमा ११ चैतमा उनमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको थियो।
नेपालका चौंथो संक्रमित कैलालीको धनगढी उपमहानगरपालिका–५ का ३४ वर्षीय अमृत शाहीले पनि २८ दिनमा कोरोनालाई जिते। उनी सेती प्रादेशिक अस्पतालबाट ९ वैशाखमा डिस्चार्ज भए।
दुबईबाट नयाँ दिल्ली हुँदै ७ चैतमा काठमाडौं पुगेकी उनी ८ चैतमा नेपालगञ्ज हुँदै घर पुगेका थिए। उनमा १४ चैतमा कोरोना संक्रमण पुष्टि भएको थियो।
यस्तै, कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय राज बिक पनि कोरोनालाई जितेर घर फर्किए।
२२ चैतमा परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएका उनको ६ वैशाखमा दोश्रोपटक परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको थियो।
भारतबाट १२ चैतमा गते घर फर्किएका उनलाई कैलालीको प्रतापपुर क्वारेन्टाइनमा ११ दिन बसेपछि कोरोना पुष्टि भएको थियो। उनी ७ वैशाखमा डिस्चार्ज भए।
यसैगरी, तेश्रो र चौंथो रिपोर्ट नेगेटिभ आएपछि कञ्चनपुरको बेदकोट नगरपालिका–९ का ४० वर्षीय इन्द्र बिक पनि १० वैशाखमा डिस्चार्ज भए।
१४ चैतमा भारतबाट ब्रह्मदेव हुँदै नेपाल आएका उनी क्वारेन्टाइनमा बसेका थिए। १६ चैतदेखि क्वारेन्टाइमा बसेका उनमा २२ चैतमा कोरोना पोजिटिभ देखिएपछि सेती प्रादेशिक अस्पताल भर्ना गरिएको थियो।
सु्दूरपश्चिममा पाँच जनामा कोभिड–२९ देखिएकोमा अब धनगढी उपमहानगरपालिका–५ की ३४ वर्षीया महिलामात्र डिस्चार्ज हुन बाँकी छन्। उनको उपचार चलिरहेको छ।
४ चैतमा बेल्जियमबाट कतार हुँदै कतार एअरको क्यूआर ६५२ को फ्लाइटबाट नेपाल आएकी बागलुङकी ६७ वर्षीया वृद्धाले पनि कोरोनालाई जितेकी छन्। २० चैतमा संक्रमण पुष्टि भएकी उनी ६ वैशाखमा डिस्चार्ज भइन्।
" /> काठमाडौं। चीनको हुबेई प्रान्तस्थित् वुहान शहरबाट फैलिएको कोरोना भाइरस संक्रमण अहिले विश्वव्यापी महामारी बनेको छ।छिमेकी देश नेपालमा यसको प्रवेश चाँडै भए पनि संक्रमण फैलिएन। पछिल्ला दिनमा भने संक्रमित बढिरहेका छन्। नेपालमा कोरोना भाइरस संक्रमितको संख्या आज साँझसम्म ४८ जना पुगेको छ।

">