२९ जना संक्रमित भेटिएको प्रदेश १ को यस्तो छ अवस्था
विराटनगर। प्रदेश १ मा अहिलेसम्म चार हजार ८१३ जनाको कोभिड-१९ परीक्षण गरिएको छ।

पीसीआर विधिबाट ८८४ जनाको परीक्षण भएको छ । त्यस्तै द्रुत परीक्षण विधि (आरडीटी) बाट तीन हजार ९२९ जनाको नमुना परीक्षण गरिएको छ।

यस प्रदेशमा कूल २९ जनालाई कोराना भाइरस संक्रमण देखिएको छ। तीमध्ये उदयपुरको त्रियुगा नगरपालिका भुल्केबस्तीका २८ र भोजपुर हतुवागढी गाउँपालिकाका १ जना छन्।

संक्रमितहरूमा २७ जना पुरुष र दुईजना महिला रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोरोना सूचना डेस्कले जनाएको छ।

उनीहरूमध्ये १२ जना भारतीय नागरिक रहेका छन्। नेपाली नागरिकहरुमा ४ जना मोरङ, ११ जना उदयपुर भुल्केका र एक/एकजना सप्तरी र भोजपुरका छन्।

२८ जनाको विराटनगरस्थित कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा उपचार हुँदैछ भने हिजो संक्रमण पुष्टि भएका भोजपुरका २६ वर्षीय युवालाई उपचारमा विराटनगर ल्याउने तयारी भइरहेको छ।

प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा हिजोसम्म एक हजार ९२ जना बसेका छन्। २४ जना पुरुष डिस्चार्ज भएका छन्।

संक्रमणको आशंकामा स्वास्थ्यकर्मीको निगरानीमा आइसोलेसनमा ३० जना छन् । आइसोलेनसबाट १० जना डिस्चार्ज भएका छन्।

होम क्वारेन्टाइनमा चार हजार ९१० जना बसिरहेका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्