अमेरिकी विदेशमन्त्री भन्छन्- बन्द भएको सहायता डब्लूएचओले अब कहिल्यै पाउँदैन

वासिङ्टन। अमेरिकी विदेशमन्त्री माइक पम्पिओले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को संरचनामा आमुल परिवर्तनको आवश्यकता औंल्याएका छन्। र, भनेका छन्- अमेरिकाले डब्लूएचओलाई दिँदै आएको सहायता अब फेरि फर्काउने छैन, डब्लूएचओको साटो वैकल्पिक संरचना तयार गर्न सक्छ।

हाउस अफ रिप्रिजेन्टेटिभमा डेमोक्रेटिक पार्टीका सांसदहरूले राष्‍ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले डब्लूएचओलाई कोराना भाइरसको संक्रमणविरुद्धको लडाईंमा विचलित बनाउने प्रयास गरेको आरोप लगाएपछि विदेशमन्त्री पम्पिओ संगठनविरुद्ध खनिएका हुन्।

राष्‍ट्रपति ट्रम्पलाई पत्र लेख्दै उक्त पार्टीका सांसदहरूले डब्लूएचओलाई दिइँदै आएको सहायता तत्काल खुला गर्न माग गरेका छन्। राष्‍ट्रपति ट्रम्पले गत साता उक्त सहायता बन्द गराएका थिए।

डब्लूएचओ चीनमा केन्द्रित भएको र चीनको गलत सूचनालाई बढावा दिने गरेको आरोप ट्रम्पले लगाउँदै आएका छन्।

समाचार एजेन्सी रोयटर्सका अनुसार डब्लूएचओको भूमिकालाई कुनै अर्कै संगठनद्वारा कमजोर बनाउनेबारेमा छलफल भइरहेको उनले प्रष्‍ट्याए।

प्रतिक्रिया दिनुहोस्