जर्मन चान्सलर मर्केल भन्छिन्- दोस्रो विश्वयुद्धपछिको ठूलो चुनौति
<p>बर्लिन। जर्मनीकी चान्सलर एंगेला मर्केलले कोरोना भाइरसको विश्वव्यापी संक्रमण दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठूलो चुनौती भएको बताएकी छन्।</p>
<p>यस संक्रमणविरुद्ध लड्न चलाखी र उच्च सतर्कताको आवश्यकता उनले औंल्याइन्।</p>
<p>‘भरखरै कोभिड-१९ बाट उत्पन्न संकटको शुरुवात मात्र भएको छ,’ मर्केलले भनिन्, ‘हामीले यस विषाणुका साथमा लामो समयसम्म जिउनुपर्नेछ। जर्मनी विलकुलै अलग तरिकाबाट रहन तयार छ। अब युरोपियन युनियनको बजेटको आशा गर्नुभन्दा त्यसमा जर्मनीको योगदान बढाउनुपर्छ।’</p>
<p>बीबीसीका अनुसार जर्मनीमा बिहीबारसम्म कोरोना भाइरसका संक्रमित एक लाख ४८ हजार ४६ जना पुगेका छन्। र, मृतक संख्या पाँच हजार ९४ पुगेको छ।</p>
प्रतिक्रिया दिनुहोस्